7 years ago
February 3, 2019
एजेन्सी – जर्मन बुन्डेस लिगामा शीर्षस्थानमा रहेको बोरुसिया डर्टमन्ड बराबरीमा रोकिँदा साविकको विजेता बायर्न म्युनिखले हार बेहोरेको छ ।

बोरुसिया डर्टमन्ड घरेलु टोली फ्रान्कफर्टसँग १–१ गोलको बराबरीमा रोकिदा बायर्नले बायर लिभरकुसेनसँग ३–१ को हार बेहोरेको हो । फ्रान्कफर्टको घरेलु मैदानमा डर्टमन्डले खेलको २२औं मिनेटमा मार्काे रिउसको गोलबाट खेलमा अग्रता लिएको थियो । उनले राफायल गुरेरोको पासलाई गोलमा परिणत गरेका थिए ।
तर,डर्टमन्डको त्यो अग्रता लामो समय टिकेन । ३६औं मिनेटमा घरेलु टोलीका लुका जोभिकले बराबरी गोल फर्काए । उनले ड्यानी डि कोस्टको पासलाई गोलमा परिणत गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा दुव टोलीले १–१ अंक बाँडे ।
बराबरीपछि डर्टमन्डले ७ अंकको अग्रता बनाएको छ । डर्टमन्डको २० खेलबाट ४९ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बायर्नको समान खेलबाट ४२ अंक रहेको छ । फ्रान्कफर्ट ३२ अंकसहित पाँचौ स्थानमा छ ।
शनिबार नै भएको अर्काे खेलमा बायर्नले सुरुवाती अग्रता लिएरपनि बायर लिभरकुसेनसँग ३–१ को हार चाख्यो । हारसँगै बायर्नले शीर्ष स्थानमा रहेको डर्टमन्डसँगको अंक दुरी छोट्याउने मौका गुमाएको छ । बायर्न शीर्षस्थानको डर्टमन्डभन्दा ७ अंकले पछि परेको छ ।

बायर लिभरकुसेनको घरेलु मैदानमा बायर्नले खेलको ४१औं मिनेटमा लियोन गोरेट्जकाको गोलबाट खेलमा अग्रता बनाएको थियो । तर, बायर्न दोस्रो हाफमा घरेलु टोलीसँग निरिह देखियो । ५३औं मिनेटमा घरेलु टोलीका लियोन बेइलीले बराबरी गोल फर्काए ।
६३औं मिनेटमा केभिन भोलान्डले गोल गर्दै घरेलु टोलीलाइ २–१ को अग्रता दिलाए । खेल सकिन ३ मिनेट बाँकी रहँदा लुकास एलारियोले गोल गर्दै बायर्नलाई ३–१ को हार चखायो । जितसँगै बायर ३० अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।
बुन्डेस लिगाका अन्य खेलका नतिजाहरु :
ह्यानोभर विरुद्ध आरबी लेपिजिग (०–३)
होफेनहाइन विरुद्ध फोर्टुना (१–१)
हर्था बर्लिन विरुद्ध वल्सवर्ग (०–१)
नर्नवर्ग विरुद्ध वेडेर ब्रेमेन (१–१)
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]