default_image

6 years ago

February 11, 2019

मध्यपुर र सातदोबाटो विजयी

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यपुर युथ एसोसिएसन र सातदोबाटो युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा जित दर्ता गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा सातदोबाटोले श्री कुमारी युथ क्लबलाई २–१ ले पराजित गरेको । सातदोबाटोको जितमा दिपेश गुरुङ र रन्जन पुनले गोल गरे । श्री कुमारीका सुविज्ञ रेग्मीले गोल गरे ।

खेलको २१औं मिनेटमा दिपेशको गोलबाट सातदोबाटोले अग्रता बनाएको थियो । ५३औं मिनेटमा रन्जन पुनले गोल गर्दै सातदोबाटोले अग्रता दोब्बर बनायो । इन्ज्युरी समयमा श्री कुमारीका सुविज्ञ रेग्मीले गोल गरेपनि टिमको हार टार्न सकेन ।

सोमबारै भएको रोमान्चक दोस्रो खेलमा मध्यपुर युथ एसोसिएसनले खुमलटार युथ क्लबलाई ३–२ ले पराजित गर्यो । मध्यपुरका सुवर्ण बिक्रम कार्की, केलाश लामिछाने र विवेश गुरुङले गोल गरे । खुमलटारका लागि दुवै गोल अभय रानाले गरे । खुमलटारले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौ मिनेटमा पेनाल्टी पाएपनि राजेन्द्र देउलाले गोल गर्न नसक्दा मध्यपुर विजयी बनेको थियो ।

February 16, 2025

घाइते आशिषको शल्यक्रिया सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको युवा टोलीबाट चीनको युनानविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने क्रममा चोट बोक्न पुगेका मिडफिल्डर आशिष राईको शल्यक्रिया सम्पन्न भएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा विपक्षी खेलाडीको ट्याकलमा आशिषको देब्रे खुट्टा भाँचिएको थियो । गम्भीर प्रकृतिको चोट बोकेका उनको आइतबार नै शल्यक्रिया गरिएको हो । ललितपुरको बि एण्ड बि अस्पतालमा वरिष्ठ अर्थोपेडिक […]

February 16, 2025

आयोजक लखन सेतो फाइनलमा

सुमन अधिकारी, बुटवल आयोजक लखन ब्रदर्श युथ क्लब सेतो बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व जारी प्रतियोगिताको आइतवार पहिलो सेमिफाइनलमा सम्पूर्ण युवा क्लब सुपौलीलाई ४-० ले पराजित गर्दै लखन सेतो फाइनलमा प्रवेश गरेको हो । सिद्धेश्वर खेलमैदानमा भएको खेलको ५५ औं मिनेटमा आयोजक सेतोका कप्तान […]

February 16, 2025

निराजन र सरोज बुटवल लुम्बिनीमा रिटेन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले निराजन धामी र सरोज तामाङलाई रिटेन गरेको जनाएको छ। निराजन र सरोज दुवै ‘बी’ क्याटगोरीका खेलाडी हुन्। बुटवल लुम्बिनीले जारी गरेको विज्ञप्तिमा प्रतिभाशाली युवा खेलाडी निराजन गत सिजन टोलीको महत्वपूर्ण सदस्यको रुपमा रहेको कारण उनी बाट तेस्रो सिजनमा थप अपेक्षा सहित रिटेन […]

Success

Thank you for your time.