6 years ago
February 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको प्रतिनिधित्व गर्दै भारतको गुहावटिमा जारी डा.ता एओ अन्तराष्ट्रिय फुटबल प्रतियोगितमा सहभागिता जनाएको एन्फा यू-२१ टोलीले अन्तिम खेलमा नागाल्यान्डलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । एन्फाको जितमा कप्तान अभिषेक रिजाल र रेजिन सुब्बाले २-२ गोल गरे ।
खेलको दोस्रो मिनेटमा नै रेजिन सुब्बाको गोलमा एन्फाले अग्रता लिएको थियो । नागाल्यान्डका लागि १५ औं मिनेटमा मिलू मिन्दीले बराबरी गोल फर्काए । अभिषेक रिजालले २९ औं मिनेटमा गोल गर्दै नेपाललाई पुन: अग्रता दिलाए । पहिलो हाफमा नेपालले २-१ को अग्रता लियो ।
दोस्रो हाफको ६३ औं मिनेटमा रेजिनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । ७४ औं मिनेटमा अभिषेकले अर्को गोल थप्दै नेपालको जित सुनिश्चित गरे । उनले प्रतियोगितामा ५ खेलमा ९ गोल गरे । ७७ औं मिनेटमा नेपालका राजन गुरुङ र नागाल्यान्डका मेजिबुक नामसुमले एक अर्कालाई हातपात गरेपछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका अभिषेक म्यान अफ द म्याच भए । नेपालले जितेको तीनै खेलमा अभिषेक म्यान अफ द म्याच बने । नेपालले ५ खेलमा ३ जित र २ हारसँगै ९ अंक जोड्यो । पहिलो खेलमा मेघालयसँग ३-२ ले पराजित नेपालले त्यसपछि त्रिपुरा र मणिपुरमाथि लगातार दुई खेलमा जित हासिल थियो । मिजोरमसँग ३-० ले पराजित हुँदै नेपाल प्रतियोगिताको समूह चरणबाट बाहिरिएको थियो ।
February 12, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]
February 12, 2025
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]