default_image

5 years ago

March 2, 2019

युनाइटेडले साउथह्याम्पटनलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनमाथि जित निकालेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा युनाइटेडले साउथह्याम्पटनलाई ३–२ ले पराजित गरेको हो । युनाइटेडको जितमा रोमेलु लुकाकुले दुई तथा आन्द्रेस पेरेराले एक गोल गरे । साउथह्याम्पटनका यान भालिरे र जेम्स वार्ड प्रोजले समान १ गोल गरे । घरेलु मैदानमा […]

39 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनमाथि जित निकालेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा युनाइटेडले साउथह्याम्पटनलाई ३–२ ले पराजित गरेको हो ।

युनाइटेडको जितमा रोमेलु लुकाकुले दुई तथा आन्द्रेस पेरेराले एक गोल गरे । साउथह्याम्पटनका यान भालिरे र जेम्स वार्ड प्रोजले समान १ गोल गरे ।

घरेलु मैदानमा युनाइटेड यान भालिरेको गोलबाट पहिलो हाफमा १–० ले पछि परेको थियो । ५४औं मिनेटमा डिएगो डालोटको पासमा आन्द्रेस पेरेरा बराबरी गोल फर्काएपछि युनाइटेड खेलमा फर्किएको थियो ।

५९औं मिनेटमा आन्द्रेसको पासमा रोमेलु लुकाकुल गोल गरेपछि युनाइटेडले खेलमा २–१ को अग्रता बनाएको थियो । ७५औं मिनेटमा साउथह्याम्पटनका जेम्सले खेललाई पुनः २–२ गोलको बराबरीमा ल्याएका थिए ।

८९औं मिनेटमा रोमेलु लुकाकुले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा युनाइटेडले पेनाल्टीको मौका पाएपनि पल पोग्वाको प्रहार गोलरक्षकले बचाइदिएका थिए ।

जितसँगै युनाइटेडको २९ खेलबाट ५८ जोडेर चौथो स्थानमा यथावत रहेको छ । साउथह्याम्पटन २७ अंकसहित रेलिगेसन जोनभन्दा १ स्थान माथि छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.