default_image

5 years ago

March 5, 2019

रियलका समर्थकको लज्जास्पद व्यवहार

44 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका समर्थकहरुले आफ्ना टोलीका फरवार्ड ग्यारेथ बेललाई गरेको व्यवहार लज्जास्पद रहेको उनका एजेन्ट जोनाथन बार्नेटले जनाएका छन् ।

पछिल्लो समय अपेक्षित लय समात्न नसकेका बेलले रियलको पहिलो रोजाइमा स्थान बनाउन निकै कसरत गर्नुपरेको छ । यसैकारण पनि खेलाडी, क्लब र समर्थकबीच केहि असहज परिस्थिति सिर्जना भएको छ । उनको खराब प्रदर्शनका कारण समर्थकहरुले बेललाई पछिल्ला खेलहरुमा खुलेआम आलोचना गर्दै आएका छन् । बेलका एजेन्ट बार्नेटले भने बेलप्रतिको यो व्यवहार न्यायोचित नभएको बताएका छन् ।

‘रियलका समर्थकहरुले बेलको गोलबारे लामो समयसम्म चर्चा गर्नेछन् । उनीहरु आफ्नो व्यवहार देखेर लाज लाग्नुपर्छ,’ उनले भने, ‘ उनी रियलमा राम्रो सम्मान पाउनुपर्ने खेलाडी हुन् । जस्तो व्यवहार अहिले बेलले पाएका छन्, त्यो स्वागतयोग्य छैन ।’ बेलले जारि सिजन ३३ खेल खेल्दै १३ गोल गरेका छन् । उनले यसै सिजन क्लबका लागि १ सय गोल पनि पूरा गरेका छन् ।

‘बेलले क्लब छोड्छन् भन्ने हल्लाले हामीलाई निकै समस्या भएको छ । उनले क्लबमा आएको ६ वर्षमा सम्भव भएको सबै उपाधि जितेका छन् । उनी विश्वका उत्कृष्ट खेलाडीमा पर्छन् । रियलका समर्थक बेललाई आफ्नो टोलीमा खेलेको देख्दा खुसी हुनुपर्छ,’ बार्नेटले थपे ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.