विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा भुटानविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ ।

नेपालका लागि मन्जली कुमारी योन्जनले १३ अौं मिनेटमा अग्रता दिलाएकी थिइन् । उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको चार मिनेटमा सावित्रा भण्डारीले एकल प्रयासमा सुन्दर गोल गर्दै अग्रता दोब्बर पारिन् ।
नेपाल रहेको समूहमा भुटान र बंगलादेश रहेका छन् ।
प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस्