इलाम (हाम्रो खेलकुद) – साविक विजेता रुस्लान थ्री स्टार क्लब पाँचौ अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको पहिलो खेलमै पराजित भएको छ । बुधबार हिमालयन शेर्पा क्लबसँग ३-१ ले पराजित हुँदै थ्री स्टार प्रतियोगिताबाट बाहिरिएको छ । हिमालयन शेर्पा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा थ्री स्टार पराजित हुन पुग्यो । १३ औं मिनेटमा थ्रीस्टारका अनिल गुरुङले गोल गरेर अग्रता दिलाएका थिए । अत्यन्त प्रतिस्पर्धात्मक खेलको १९ औं मिनेटमा हिमालयन शेर्पाका विजय श्रेष्ठले जवाफी गोल फर्काउँदै बराबरीमा पुर्याए ।
६८ औं मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै हिमालयन शेर्पा लाई अग्रता दिलाए । शेर्पाका सुनिल खड्काले ७४ औं मिनेटमा तेस्रो गोल गरेका थिए ।
खेलमा हिमालयन शेर्पाका उल्रिस शिवे म्यान अफ द म्याच घोषीत भए । बिहिबार विभागीय टिम ए.पी.एफ. र दाउफिन्सस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।