default_image

5 years ago

March 15, 2019

ब्राजिलियन मिलिटाओ रियल म्याड्रिड जाने पक्का

म्याड्रिड (एजेन्सी)– ब्राजिलियन रक्षक इडर मिलिटाओ समरमा पोर्टोबाट क्लबमा आबद्ध हुने स्पेनिस चर्चित टोली रियल म्याड्रिडले पक्का गरेको छ । यसै साता जिनेदिन जिदानलाई प्रशिक्षकका रुपमा भित्र्याएको रियलले मिलिटाअोसँग ६ वर्षे लामो सम्झौता गरेको बताइएको छ । उनी सन् २०२५ सम्म बेर्नबाउ रहने भएका छन् । रियलले उनको सरुवा रकम सार्वजनिक गरेको छैन । तर, […]

28 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– ब्राजिलियन रक्षक इडर मिलिटाओ समरमा पोर्टोबाट क्लबमा आबद्ध हुने स्पेनिस चर्चित टोली रियल म्याड्रिडले पक्का गरेको छ ।

यसै साता जिनेदिन जिदानलाई प्रशिक्षकका रुपमा भित्र्याएको रियलले मिलिटाअोसँग ६ वर्षे लामो सम्झौता गरेको बताइएको छ । उनी सन् २०२५ सम्म बेर्नबाउ रहने भएका छन् । रियलले उनको सरुवा रकम सार्वजनिक गरेको छैन । तर, मार्काका अनुसार विगतमा भनिएको ५० मिलियनबाट बढाएर ७५ मिलियन युरोमा भित्राउने तयारी भएको बताइएको छ ।

२१ वर्षे प्रतिभावान मिलिटाओ साउ पाउलोबाट गत समरमा पोर्टो पुगेका थिए । उनले डेब्यू सिजनमै युरोपमा प्रभाव छाड्न सफल भएका थिए । उनको विक्रीमा ब्राजिलियन क्लबले समेत आर्थिक लाभ पाउनेछ । मिलिटाओले जारी सिजनमा खेलेका सबै खेलमा प्रभाव पारेका छन् ।

च्याम्पियन्स लिगमा पनि उनी नियमित रुपमा टोलीको सदस्य रहँदै आएका छन् । पोर्टो २०१५ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । यो साता अनेपक्षित रुपमा रियलका प्रशिक्षकका रुपमा जिनेदिन जिदानको पुनरागमन भएपछि क्लब पुरानै अवस्थामा फर्कने विश्वास लिइएको छ ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.