एजेन्सी – स्पेनिस लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड एथलेटिको बिल्वाओसँग २–० ले पराजित भएसँगै उपाधि होड कमजोर बनेको छ ।

बिल्वाओसँगको हारसँगै एट्लेटिको शीर्षस्थानको बार्सिलोनासँग ७ अंकले पछि छ । बार्सिलोनाले अझै एक खेल कम खेलेको छ । एट्लेटिको तेस्रो स्थानको रियल मड्रिडभन्दा २ अंकले मात्रै अघि छ ।
शनिबार राति भएको खेलमा बिल्वाओका इनाकी विलियम्स र किनान कोड्रोले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
७३औं मिनेटमा इनाकीले घरेलु टोलीलाई अघि बढाएका थिए । ८५औं मिनेटमा किनानले गोल गर्दै २–० को जित सुनिश्चित गरे । जितसँगै बिल्वाओ ३७ अंक जोडेर नवौं स्थानमा यथावत रहेको छ ।