एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सी एभर्टनसँग पराजित भएको छ । अाइतबार २-० ले स्तब्ध बनेपछि लन्डन क्लब चेल्सीको शीर्ष चारमा पर्ने सम्भवाना न्यून बनेको छ ।

शीर्ष चारमा पर्न जित निकाल्नै पर्ने खेलमा चेल्सी एभर्टनसँग २–० स्तब्ध बनेसँगै शीर्ष चारको सम्भावना न्यून बनेको हो । हारसँगै चेल्सी ३० खेलबाट ५७ अंक जोडेर छैटौं स्थानमा यथावत छ । म्यानचेस्टर युनाइटेड ५८ अंकसहित पाँचौ स्थनमा रहेको छ । शीर्षचारमा लिभरपुल, म्यानचेस्टर सिटी, टोटेनहम र आर्सनल रहेका छन् ।
एभर्टनको मैदानमा आइतबार राति भएको खेलमा चेल्सीले घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा चेल्सीले हार बेहोर्न पुग्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकेपनि दोस्रो हाफको शुरुमै घरेलु टोलीले रिचार्लीसनको गोलबाट अग्रता बनायो । ७२औं मिनेटमा गिल्फी सिगुड्सनले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई २–० को जित दिलाए ।
रिचार्लीसनलाई पेनाल्टी बक्समा अलन्सोले लडाएपछि एभर्टनले पेनाल्टीको मौका पाएको थियो । जसलाई गिल्फीले कुनै गल्ती गरेनन् । जितपछि एभर्टन ४० अंक जोडेर ११औं स्थानमा उक्लिएको छ ।