default_image

5 years ago

March 20, 2019

मेसीलाई एमबाप्पेको चुनौती

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसीले यसै साता रियल बेटिसविरुद्ध सानदार ह्याट्रिक प्रहार गर्दै गोल्डेन बुट दौडको शीर्षस्थानमा अन्तरलाई फराकिलो पारेका छन् । मेसीले बेटिसविरुद्ध ह्याट्रिकसँगै जारि सिजन लिगको गोल संख्या २९ गोल पुर्याए । ला लिगाको २८ मध्य २६ खेल खेलेका मेसीले लगातार उच्च लयमा रहेको संकेत दिँदै पछिल्लो एक दशकमा छैटौं पटक गोल्डेन […]

27 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसीले यसै साता रियल बेटिसविरुद्ध सानदार ह्याट्रिक प्रहार गर्दै गोल्डेन बुट दौडको शीर्षस्थानमा अन्तरलाई फराकिलो पारेका छन् ।

मेसीले बेटिसविरुद्ध ह्याट्रिकसँगै जारि सिजन लिगको गोल संख्या २९ गोल पुर्याए । ला लिगाको २८ मध्य २६ खेल खेलेका मेसीले लगातार उच्च लयमा रहेको संकेत दिँदै पछिल्लो एक दशकमा छैटौं पटक गोल्डेन बुट जित्ने दावेदारी प्रस्तुतु गरेका छन् । यसबीचमा क्रिस्टियानो रोनाल्डो र लुइस सुआरेजले मात्र मेसीले पछाडी पार्न सकेका छन् ।

वर्तमान स्थिति हेर्ने हो भने मेसीलाई पछाडी पार्न किलियन एमबाप्पेको मात्र प्रबल सम्भावना देखिन्छ । मेसीको २९ गोलको तुलनामा एमबाप्पेले २६ गोल गरेका छन् । एमबाप्पेले मात्र २२ खेल खेलेका छन् । दुवै लिगमा अब १० चरणका खेल बाँकी छन् । एमबाप्पेले मेसीलाई उछिन्न अब मेसीको गोलसंख्यालाई पछाडी पार्न जरुरी छ ।

यसबाहेक इटालियन लिगका तीन खेलाडी पनि मेसीलाई दबाब दिने लक्ष्यमा हुनेछन् । फाबियो क्वाग्लीआरेल्लाले २१ गोल गरेका छन् भने क्रिस्टियानो रोनाल्डो र क्रिस्टोफ पियाटेक १९ गोलमा छन् । प्रिमियर लिगका सर्वाधिक गोलकर्ता सर्जियो अगुएरोले १८ गोल गरेका छन् ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.