default_image

5 years ago

April 4, 2019

भ्यालेन्सियासँग रियालको हार

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा रियाल म्याड्रिडले भ्यालेन्सियासँग हार बेहोेरेको छ । ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रियाल म्याड्रिडले भ्यालेन्सियासँग २–१ को हार बेहोरेको हो । घरेलु मैदानमा भ्यालेन्सियालाई जिताउन गोनकालो गुइडेस र इजिक्वेल गारेले गोल गरे । म्याड्रिडका करिम बेन्जेमाले एक गोल फर्काए । खेलको ३५औं मिनेटमा गोनकालोको गोलमा रियाल खेलमा […]

36 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा रियाल म्याड्रिडले भ्यालेन्सियासँग हार बेहोेरेको छ । ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रियाल म्याड्रिडले भ्यालेन्सियासँग २–१ को हार बेहोरेको हो ।

घरेलु मैदानमा भ्यालेन्सियालाई जिताउन गोनकालो गुइडेस र इजिक्वेल गारेले गोल गरे । म्याड्रिडका करिम बेन्जेमाले एक गोल फर्काए ।

खेलको ३५औं मिनेटमा गोनकालोको गोलमा रियाल खेलमा पछि परेको थियो । ८३औं मिनेटमा गारेले अर्काे गोल थपेपछि रियालको हार लगभग पक्का भैसकेको थियो ।

खेलमा पछि परेपछि रियालले पटक–पटक आक्रमण बुनेपनि गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा बेन्जेमा गोल गरेपनि रियालको हार टार्न सकेन ।

जिदान प्रशिक्षकमा नियुक्त भएपछि रियलको यो पहिलो हार हो ।

हारसँगै रियालको ला लिगाको उपाधियात्रा निकै कमजोर बनेको छ । रियल शीर्षस्थानको बार्सिलोनाभन्दा १३ अंक तथा दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा पाँच अंकले पछि छ । रियलको ३० खेलबाट ५७ अंक रहेको छ ।

भ्यालेन्सिया ४६ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ ।

ला लिगाका अन्य खेलहरुको नतिजा
इवार विरुद्ध रायो भालेकानो (–१)
हुसेका विरुद्ध सेल्टा डि भिगो (३–३)

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.