एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन होभ अल्वियोनमाथि ३–० को सहज जित निकालेको छ ।

घरेलु मैदानमा चेल्सीलाई जिताउन ओलिभर जिरुड, इडेन हजार्ड र रुवेन लफटस चिकले गोल गरे । चेल्सीको खेलको सुरुवातदेखि नै ब्राइटनलाई दवावमा राखेपनि पहिलो गोलको लागि ३८औं मिनेट कुर्नुपरेको थियो । ओलिभर जिरुडले कलुम हड्सन ओडोईको पासमा गोल गरेपछि चेल्सीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर, चेल्सीले दोस्रो हाफमा २ गोल गर्न सफल भयो ।
६०औं मिनेटमा रुवेन लफटस चिकको पासमा इडेन हजार्डले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनायो । त्यसको तीन मिनेटपछि नै लफटस चिकले गोल गर्दै चेल्सीलाई ३–० को सहज जित दिलायो । जितसँगै लिगाको पाँचौ स्थानमा उक्लिएको चेल्सीले अर्काे सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जीवितै राखेको छ ।
चेल्सीको ३२ खेलबाट ६३ अंक पुगेको छ । एक खेल कम खेलेको आर्सनलको ६३ अंकसहिच चौथो स्थानमा छ । ब्राइटन ३३ अंकसहित १५औं स्थानमा छ ।