default_image

5 years ago

April 4, 2019

नयाँ मैदानमा टोटेनहम बिजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हस्टपरले नयाँ मैदानमा भएको उद्घाटन खेलमा क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । करिव १ अर्व लगानीमा निर्माण भएको रंगशालाको बुधबार राति भव्य उद्घाटनपछि भएको खेलमा टोटेनहमले नयाँ मैदानमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको हो । नयाँ मैदानमा टोटेनहम हस्टपर स्टेडियम लन्डनमा घरेलु टोलीलाई जिताउन ह्युङ मिन सन […]

28 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हस्टपरले नयाँ मैदानमा भएको उद्घाटन खेलमा क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

करिव १ अर्व लगानीमा निर्माण भएको रंगशालाको बुधबार राति भव्य उद्घाटनपछि भएको खेलमा टोटेनहमले नयाँ मैदानमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको हो । नयाँ मैदानमा टोटेनहम हस्टपर स्टेडियम लन्डनमा घरेलु टोलीलाई जिताउन ह्युङ मिन सन र क्रिस्टियन इरिक्सनले गोल गरे ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि टोटेनहमले दोस्रो हाफमा २ गोल गर्न सफल भयो । ५५औं मिनेटमा ह्युङ मिन सनले गोल गरे । उनले क्रिस्टियन इरिक्सनको पासलाई सदुपयोग गरे । ८०औं मिनेटमा इरिक्सनले गोल गर्दै टोटेनहमलाई २–० को जित दिलाए ।

जितसँगै टोटेनहम ६४ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । क्रिस्टल प्यालेस ३६ अंकसहित १३औं स्थानमा रहेको छ । म्यानचेस्टर सिटी ८० अंक जोडेर लिगको शीर्षीस्थानमा रहँदा लिभरपुल ७९ अंक जोडेर दोस्रो स्थानमा छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.