default_image

5 years ago

April 4, 2019

फाल्गुनन्दका सर्वोत्कृष्ट देवेन्द्रले बाइक पुरस्कार पाएनन्

दिपक बोहोरा, पाँचथर पुसमा सम्पन्न भएको दशौं संस्करणको रुस्लान फाल्गुन्द गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका देवन्द्र तामाङले पुरस्कारस्वरुप पाउनुपर्ने मोटरसाइकल अहिलेसम्म पाउन नसकेको खुल्न आएको छ । राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य समेत रहेको देवन्द्रले झापा ११ बाट फाल्गुनन्द गोल्डकपमा सहभागीता जनाएका थिए । प्रतियोगिता सम्पन्न भएको तीन महिना बितिसक्दा पनि तामाङले पुरस्कार पाउन नसकेका […]

35 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

पुसमा सम्पन्न भएको दशौं संस्करणको रुस्लान फाल्गुन्द गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका देवन्द्र तामाङले पुरस्कारस्वरुप पाउनुपर्ने मोटरसाइकल अहिलेसम्म पाउन नसकेको खुल्न आएको छ ।

राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य समेत रहेको देवन्द्रले झापा ११ बाट फाल्गुनन्द गोल्डकपमा सहभागीता जनाएका थिए । प्रतियोगिता सम्पन्न भएको तीन महिना बितिसक्दा पनि तामाङले पुरस्कार पाउन नसकेका हुन् ।

यस विषयमा देवेन्द्रसँग हाम्रो खेलकुदले सम्पर्क गर्दा उनले पुरस्कार नपाएको स्विकार गरे । ‘राष्ट्रिय टिमबाट खेल्न विदेशमा रहेको र नेपालमा आएपछि पनि मनाङबाट खेल्नुपर्ने भएकाले अलिक व्यस्त छु । फुर्सद भएपछि आयोजकसँग विस्तृतमा कुरा गर्नेछु,’ देवेन्द्रले भने । आयोजकले भने एन्फाको कारण पुरस्कार दिन ढिलो भएको बताएका छन् । एन्फासँग समन्वयमा मोटरसाइकल दिनुपर्ने भएकाले ढिलो भएको फिदिम सपोर्टिङ क्लबका महासचिव पासाङ तामाङले बताए ।

यता एन्फाले भने मोटरसाइकल दिने विषय प्रक्रियामा रहेको जानकारी दिएको छ । एन्फाका प्रवक्ता किरण राईले अहिले प्रक्रिया सुरु भइसकेको र केहि समयपछि मोटरसाइकल हस्तातरण गर्ने जानकारी दिए ।

३ महिनामा समेत भएन हिसाब सार्वजनिक

फाल्गुनन्द गोल्डकपको दशौं संस्करण समापन भएको ३ महिना बिति सक्दा पनि आयोजकले हिसाव सार्वजनिक गर्न सकेका छैनन् । फुटबल प्रतियोगिता सकिए पछि मोफसलका नकआउट फुटबल प्रतियोगिताका कतिपय आयोजक संस्थाले आयव्यय सार्वजनिक गर्ने गरेका छन् । केहि आयोजकले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको हिसाब सार्वजनिक गरेका छन् । तर, पाँचथर जिल्लामा भने आयव्यय सार्वजनिक गर्ने परम्परा छैन् ।

फाल्गुनन्द गोल्डकपको दशौं संस्करण सकिएको ३ महिना बित्दा पनि आयोजकले हिसाब सार्वजनिक गर्न सकेका छैनन् । हिसाब सार्वजनिक नगर्ने अहिले मात्र होइन यो पाँचथरको पुरानो रोग हो । गत वर्ष पाँचथर गोल्डकपको आयोजकले पहिलो गोल्डककपको हिसाब सार्वजनिक नगरी दोश्रो गोल्डकप आयोजना गरेका थिए । गत वर्षनै आयोजना भएको फाल्गुनन्द गोल्डकपको नवौं संस्करणको हिसाब पनि पाँच महिनापछि मात्र आयोजकले सार्वजनिक गरेका थिए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.