default_image

5 years ago

April 6, 2019

आर्मीलाई हराउँदै दाउफिन्सलाई उपाधि

दुहवी (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दाउफिन्स तेस्रो संस्करणको मनमोहन मेमोरियल दुहवी गोल्डकपको च्याम्पियन बनेको छ । सुनसरीस्थित दुहवी रंगशालामा बिहीबार भएको फाइनलमा दाउफिन्सले आर्मीलाई सडनडेथमा ८–७ ले पराजित गर्दै च्याम्पियन बनेको हो । मोफसलमा दाउफिन्सको यो पाँचौ उपाधि हो । यसअघि दाउफिन्सले मनकामना केवलकार पोखरा कप, बुढा सुब्बा गोल्डकप, तिलोत्तमा […]

31 views

0 Bookmark

दुहवी (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दाउफिन्स तेस्रो संस्करणको मनमोहन मेमोरियल दुहवी गोल्डकपको च्याम्पियन बनेको छ ।

सुनसरीस्थित दुहवी रंगशालामा बिहीबार भएको फाइनलमा दाउफिन्सले आर्मीलाई सडनडेथमा ८–७ ले पराजित गर्दै च्याम्पियन बनेको हो । मोफसलमा दाउफिन्सको यो पाँचौ उपाधि हो । यसअघि दाउफिन्सले मनकामना केवलकार पोखरा कप, बुढा सुब्बा गोल्डकप, तिलोत्तमा गोल्डकप र माइभ्याली गोल्डकपको उपाधि जितेको थियो ।

निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । त्यसमा पनि नतिजा निस्कन नसकेपछि खेल सडन डेथमा धकेलिएको थियो । सडनडेथमा आर्मीका विकास खवासले गोल गर्न सकेनन् ।

उपाधिसँगै दाउफिन्सले ६ लाख रुपैया प्राप्त गर्दा दोस्रो भएको आर्मीले ३ लाख रुपैयामा चित्त बुझायो । आर्मीका सन्तोष तामाङ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले २५ हजार रुपैयाँका साथै ३२ इन्चको एलइडी टीभी पाए । सर्वाधिक गोलकर्ता बनेका आर्मीका टेक बहादुर बुढाथोकीले २० हजार रुपैयाँ पाए ।

व्यक्तिगत विधातर्फ गोलरक्षकमा दाउफिन्सका प्रिसो, डिफेन्समा आर्मीका विकास खवास, मिडफिल्डमा दाउफिन्सका ओंगुइन जुनियर, फरवार्डमा आर्मीका कप्तान भरत खवास, प्रशिक्षकमा दाउफिन्सका वाम्वा र उदियमा खेलाडीमा आयोजक इलेभेन एरोजका शंकर चौधरी चुनिए । सबैले जनही १५–१५ हजार रुपैयाँ पाए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.