default_image

5 years ago

April 6, 2019

बेन्जेमाको दुई गोलमा रियलको कठिन जित

म्याड्रिड (एजेन्सी) – फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा स्पेनिस महारथी रियल म्याड्रिडले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति रियालले एइबारमाथि २–१ को कठिन जित निकालेको हो । एइबारका मार्क कार्डाेनाले पहिलो हाफमा सुरुवाती गोल गरेका थिए । घरेलु मैदान सान्टियागो बर्नाबाउमा रियलले खेलमा पछि परेको स्थिति उल्ट्याएर जित […]

33 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा स्पेनिस महारथी रियल म्याड्रिडले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति रियालले एइबारमाथि २–१ को कठिन जित निकालेको हो । एइबारका मार्क कार्डाेनाले पहिलो हाफमा सुरुवाती गोल गरेका थिए । घरेलु मैदान सान्टियागो बर्नाबाउमा रियलले खेलमा पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो ।

खेलको ३९औं मिनेटमा मार्क कार्डाेनाले गोन्जलोको पासमा गोल गरेपछि रियाल पहिलो हाफमा १–० ले पछि परेको थियो । ५९औं मिनेटमा करिम बेन्जेमाले बराबरी गोल फर्काएपछि रियल खेलमा फर्किएको थियो । उनले मार्काे एसेन्सियोको पासमा गोल गर्न सफल भएका थिए ।

खेल सकिन ९ मिनेट बाँकी रहँदा करिम बेन्जेमाले टोनी क्रुसको पासमा गोल गर्दै रियललाई २–१ को महत्त्वपूर्ण जित दिलाए । जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोना र दोस्रो रहेको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी छोट्याएको छ ।

रियलले एट्लेटिकोसँग २ अंकको अन्तर कायम राख्दा बार्सिलोनासँगको अंक दुरी १० मा झारेको छ । यद्दपि दुवै टोलीले एक खेल कम खेलेका छन् । एइबार ३९ अंकसहित ११औं स्थानमा छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.