default_image

5 years ago

April 9, 2019

पेले भेट्न नेयमार अस्पताल पुगे

एजेन्सी – विश्व फुटबलका महान् हस्ती ब्राजिलियन पेले भेट्न आधुनिक फुटबलका अर्का प्रतिभा तथा ब्राजिली फरवार्ड नेयमार जुनियर सोमबार अस्पताल पुगेका छन् । ब्राजिली हस्ती पेले एक साताअघि देखि मुत्रनलीमा समस्याआएपछि फ्रान्सको पेरिसमा रहेको अमेरिकन अस्पतालमा उपचाररत रहेका छन् । उनको समस्यामा सुधारोन्मख हुदै गएको अस्पतालले जनाएको छ । पेलेले अघिल्लो साता फ्रान्सका अर्का युवा […]

29 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलका महान् हस्ती ब्राजिलियन पेले भेट्न आधुनिक फुटबलका अर्का प्रतिभा तथा ब्राजिली फरवार्ड नेयमार जुनियर सोमबार अस्पताल पुगेका छन् ।

ब्राजिली हस्ती पेले एक साताअघि देखि मुत्रनलीमा समस्याआएपछि फ्रान्सको पेरिसमा रहेको अमेरिकन अस्पतालमा उपचाररत रहेका छन् । उनको समस्यामा सुधारोन्मख हुदै गएको अस्पतालले जनाएको छ ।

पेलेले अघिल्लो साता फ्रान्सका अर्का युवा स्टार केलियन एमबाप्पेसँगको भेटमा पनि आफ्नो समस्या विस्तारै सुधारोन्मुख हुदै गएको बताएका थिए ।

७८ वर्षीय पेलेले आफ्नो रोग निको नहुदै अस्पतालबाट डिस्चार्ज हुन लागेछि नेयमारले उनलाई रोक्न सफल भएका थिए । नेयमारले पेलेसँगको भेटको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

नेयमार पनि मेटाटर्सल चोटकै कारण अहिले उपचारमै छन् । उनी यसै साताबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किएका छन् ।

पेलेले उपचार ठीक भएको र छिट्टै आफ्नो नियमित कार्यमा फर्कने बताएका छन् । तीनपटकको विश्वविजेता पेलेले आफ्नो उपचारमा संलग्न सबै चिकित्सकहरुलाई धन्यवाद दिएका छन् ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.