default_image

5 years ago

April 9, 2019

शेर्पालाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

बागमती (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब सर्लाहीमा जारी तेस्रो संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सन्तोष स्मृति खेलमैदानमा बागमती नगरपालिका ११ मा मंगलबार भएको खेलमा एपिएफले ‘ए’ डिभिजन प्रतिद्धन्द्धी हिमालयन शेर्पा क्लबको चुनौती १–० ले पन्छाउदै अन्तिम चामा पुग्न सफल भएको हो । एपिएफको जितमा दोस्रो हाफमा सन्तोष […]

28 views

0 Bookmark

बागमती (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब सर्लाहीमा जारी तेस्रो संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सन्तोष स्मृति खेलमैदानमा बागमती नगरपालिका ११ मा मंगलबार भएको खेलमा एपिएफले ‘ए’ डिभिजन प्रतिद्धन्द्धी हिमालयन शेर्पा क्लबको चुनौती १–० ले पन्छाउदै अन्तिम चामा पुग्न सफल भएको हो । एपिएफको जितमा दोस्रो हाफमा सन्तोष श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् । ७७औं मिनेटमा राम कुमार कुमालको क्रसमा आशिष लामाको हेडर जोगाउने प्रयासमा शेर्पाका गोलरक्षक किशोर गिरी अघि बढेको अवस्थामा सन्तोष श्रेष्ठले पेनाल्टी क्षेत्रबाट खाली पोस्टमा गोल गरे । त्यसपछि थप गोल निस्कन नसक्दा एपीएफ १–० ले विजयी हुन सफल भयो ।

एपिएफका राजन गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले २० हजार रुपैया प्राप्त गरे । सर्लाही जिल्ला फुटबल संघको समन्वयमा बागमती नगरपालिका र बागमती युवा क्लबको आयोजनामा भैरहेको प्रतियोगितामा ‘ए’ डिभिजनका सहित विभिन्न १२ टोलीको सहभागिता रहेको छ । खेलसन्तोष स्मृति खेल मैदानमा हुनेछ ।

अब एपिएफले फाइनल प्रवेशका लागि बिहीबार डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिम ११ को सामना गर्नेछ । सुदूरको टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । प्रतियोगितामा बुधबार आयोजक बागमती युवा क्लबले ललितपुरको रुस्लान थ्री स्टारसँग खेल्नेछ ।

प्रतियोगितामा बागमती युवा क्लब, सरस्वती युवा क्लब, रुस्लान थ्री स्टार क्लब, सुदूरपश्चिम–११, हिमालयन शेर्पा क्लब, नेपाल एपीएफ क्लब, वीरगन्ज युनाइटेड, फ्रेन्डस् क्लब, बागमती नगरपालिका, पारो फुटबल क्लब भुटान, नेपाल पुलिस क्लब र झापा–११ गरी १२ टोलीको सहभागिता रहेको छ । २०७६ बैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.