default_image

5 years ago

April 10, 2019

सनको गोलमा म्यानचेस्टर सिटी पराजित

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको एकमात्र गोलमा टोटेनहम हट्सपरले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको छ । दोस्रो हाफको ७८ अौं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई जितनजिक पुर्याएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र एकल प्रयासमा गोल गरेका थिए । त्यसअघि टोलीका मुख्य फरवार्ड ह्यारी केन […]

26 views

0 Bookmark

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको एकमात्र गोलमा टोटेनहम हट्सपरले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको छ ।

दोस्रो हाफको ७८ अौं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई जितनजिक पुर्याएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र एकल प्रयासमा गोल गरेका थिए । त्यसअघि टोलीका मुख्य फरवार्ड ह्यारी केन चोट बोक्दै बाहिरिएपछि टोटेनहम समस्यामा परेको थियो । तर सनले क्रिस्टियन एरिक्सन, डेले अली र लुकास मोउरासँग मिलेर अाक्रमणलाई बलियो बनाइरहे ।

पहिलो हाफमा म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरोले पेनाल्टी चुकाउँदा सिटीले अग्रता लिन असफल रहेको थियो । अगुएरोको प्रहारलाई टोटेनहमका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले बचाएका थिए । रेफ्रीले ड्यानी रोजको ह्यान्ड बललाई भिडियो असिस्टेन्ट रेफ्रीको सहारा लिएर सिटीलाई पेनाल्टी दिएका थिए ।

पहिलो लेगमा १-० ले पछाडी परेको सिटीले दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ । खेल अर्को साता हुनेछ ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.