default_image

5 years ago

April 10, 2019

पोर्टाेमाथि लिभरपलुको सहज जित

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टाेमाथि सहज जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा पोर्टाेलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा नावी केइटा र रोबर्टाे फिर्मिनोले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको हो । एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले खेलको पाँचौ मिनेटमा […]

27 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टाेमाथि सहज जित निकालेको छ ।

लिभरपुलले घरेलु मैदानमा पोर्टाेलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा नावी केइटा र रोबर्टाे फिर्मिनोले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको हो ।

एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले खेलको पाँचौ मिनेटमा नै अग्रता लिन सफल भएको थियो । नावी केइटाले रोबर्टाे फिर्मिनोको पासमा गोल गर्न सफल भएका थिए ।

पहिलो गोलका लागि असिस्ट गरेका रोबर्टाेले २६औं मिनेटमा गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । उनले ट्रेन्ट एलेक्सन्डर अर्नाेल्डको पासमा गोल गरेका थिए ।

दोस्रो हाफमा पनि लिभरपुलले पाहुना टोलीलाई दवावमा राखेपनि थप गोल गर्न असफल हुदा पहिलो हाफको २ गोल नै लिभरपुलको जितमा पर्याप्त बन्यो ।

यससँगै लिभरपुलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भवानालाई बलियो बनाएको छ । लिभरपुलले दोस्रो लेगमा गोलरहित बराबरी अथवा १–० ले पराजित भएपनि सेमिफाइनलमा स्थान बनाउनेछ ।

यता पोर्टाेलाई भने सेमिफाइनलमा स्थान बनाउन निश्चित जित आवश्यकता छ । ३–२ को जित अथावा २–२ को बराबरी गरे पोर्टाेले खेल लम्ब्याउने छ । दोस्रो लेगमा १८ अप्रिलमा पोर्टाेको मैदानमा हुनेछ ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.