एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले न्यु क्यासल युनाइटेडसँग हार बेहोरेको छ ।

मियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा लेस्टर सिटी आफ्नै मैदान किङ पावर स्टेडियममा न्यु क्यासलसँग १–० ले पराजित भएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको ३२औं मिनेटमा आयोजी पेरेजले गरेको गोल नै लेस्टरको हारमा निर्णायक बन्यो । उनले माट रिट्चीको पासमा गोल गरेका थिए ।
एक गोलले पछि परेपछि लेस्टरले बराम्बर गोल फर्काउने प्रयास गरेपनि न्यु क्यासलको बलियो रक्षापङ्ति तोड्न नसक्दा घरेलु मैदानमा पराजित हुन पुग्यो । यता, न्यु क्यासलले सुरुमै लिएको अग्रतालाई अन्तिम समयसम्म जोगाइराखन सफल भयो ।
जितसँगै न्यु क्यासल ३८ अंक जोडेर १३औं स्थानमा उक्लदा लेस्टर ४७अंकसहित सातौं स्थानमा यथावत छ ।