default_image

5 years ago

April 16, 2019

युभेन्टस र आयाक्सको सेमिफाइनल लक्ष्य

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगमा आज राति इटालियन क्लब युभेन्टसले नेदरल्यान्डको आयाक्सको सामना गर्दैछ । खेल युभेन्टसको घरेलु मैदानमा नेपाली समयानुसार राति १२ः४५ बजे खेल हुनेछ । आयाक्सको मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना रहेपनि युभेन्टसलाई अवे गोलको फाइदा छ । यही नतिजा […]

22 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगमा आज राति इटालियन क्लब युभेन्टसले नेदरल्यान्डको आयाक्सको सामना गर्दैछ । खेल युभेन्टसको घरेलु मैदानमा नेपाली समयानुसार राति १२ः४५ बजे खेल हुनेछ ।

आयाक्सको मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना रहेपनि युभेन्टसलाई अवे गोलको फाइदा छ । यही नतिजा कायम रहे युभेन्टस च्याम्पियन्स लिगको अन्तिम चारमा पुग्नेछ ।

प्रि–क्वाटरफाइनलमा रियललाई हराएर सनसनी मच्चाएको आयाक्ससँग सचेत भएर मैदान उत्रनेछ । यी दुई टोली युरोपेली प्रतियोगितामा १० पटक आमने समाने भएका छन् । सन् २००४ पछि युभेन्टस र आयाक्स पहिलोपटक खेल्न लागेका हुन् ।

यता आयाक्स घरेलु टोलीलाई पराजित गर्दै अघिल्लो चरण पुग्ने लक्ष्यलाई बलियो बनाउने योजनामा हुनेछ । आयाक्स त्यही टोली हो जसले च्याम्पियन्स लिगको ह्याट्रिककर्ता स्पेनिस क्लब रियल म्याड्रिडलाई उसकै मैदानमा ४–१ ले पराजित गर्दै सनसनी मच्चाएको थियो । यही प्रदर्शनलाई आयाक्स निरन्तरता दिने लक्ष्यमा मैदान उत्रनेछ ।

आयाक्सविरुद्धको पछिल्ला १० खेलमा युभेन्टसले हार बेहोरेको छैन । ९ खेलमा युभेन्टसले ५ खेलमा जित निकाल्दा ५ बराबरी खेलको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.