default_image

5 years ago

April 18, 2019

पीएसजीको लिगमा लगातार हार

एजेन्सी – फ्रान्सेली च्याम्पियन पीएसजीले लिगअन्तर्गत बुधबार भएको खेलमा नान्टेससँग हार बेहोरेको छ । लिगमा लगातार दोस्रो खेलमा हात बेहोरेको पीएसजीलाई नान्टेसलाई ३-२ ले पराजित गर्यो । पीएसजीले खेलको १९ औं मिनेटमा ड्यानी आल्भेसको गोलमा अग्रता लिएको थियो । तर त्यसको ५ मिनेटमा नै डिएगो कार्लोसले खेल बराबरीमा ल्याए । घरेलु टोलीका लागि माजिद वारिसले […]

26 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली च्याम्पियन पीएसजीले लिगअन्तर्गत बुधबार भएको खेलमा नान्टेससँग हार बेहोरेको छ । लिगमा लगातार दोस्रो खेलमा हात बेहोरेको पीएसजीलाई नान्टेसलाई ३-२ ले पराजित गर्यो ।

पीएसजीले खेलको १९ औं मिनेटमा ड्यानी आल्भेसको गोलमा अग्रता लिएको थियो । तर त्यसको ५ मिनेटमा नै डिएगो कार्लोसले खेल बराबरीमा ल्याए । घरेलु टोलीका लागि माजिद वारिसले पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा गोल गर्दै नान्टेसलाई अग्रता दिलाए ।

पीएसजीले आफ्ना मुख्य खेलाडीलाई यस खेलका लागि विश्राम दिएको थियो । किलियन एमबाप्पे, एन्जल डी मारियालगायत खेलाडी टोलीमा सम्मिलित थिएनन् । दोस्रो हाफको ५२ औं मिनेटमा ड्यानी आल्भेसले गोल गरेपछि पीएसजी दुई गोलले पछाडी पर्यो । खेल सकिन १ मिनेट बाँकि रहँदा पीएसजीका लागि मेतेहान गुक्लुले गोल गरेपनि जित दर्ता गर्न भने असफल रहयो ।

यस हारसँगै पीएसजीले अर्को खेलसम्म उपाधि छिनोफानोको लागि कुर्नुपर्ने भएको छ । दोस्रो स्थानको लिलले अंक गुमाएको अवस्थामा पनि पीएसजी च्याम्पियन बन्नेछ । पीएसजीको ३२ खेलमा ८१ अंक छ । दोस्रो स्थानको लिलले ३२ खेलमा ६४ अंक जोडेको छ । पीएसजीले लिगको पछिल्लो खेलमा लिलसँग ५-१ को फराकिलो अन्तरको हार बेहोरेको थियो ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.