7 years ago
April 21, 2019
बुटवल (हाम्रो खेलकुद) – आठौं अन्तर्गत पुरुष फुटबलमा उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लब प्रदेश ७ सँग बराबरीमा रोकिएसँगै उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

यो समूहबाट पुलिसले एक खेल अगावै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । समूह चरणको अन्तिम खेलमा पुलिस प्रदेश ६ सँग पराजित भएपनि हेड टु हेडमा पुलिस समूह विजेता बन्नेछ । आर्मीको चार खेलबाट ७ अंक छ । एक खेल कम खेलेको पुलिसको पनि ७ अंक नै रहेको छ ।
बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा आइतबार भएको समूह चरणको खेलमा आर्मी प्रदेश ७ सँग १–१ गोलको बराबीमा रोकिएको हो । आर्मीले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेको हो । खेलको १५औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ७७औं मिनेटमा प्रभुराजले बराबरी गोल फर्काए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]