7 years ago
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लबले प्रदेश ५ माथि कठिन जित निकाल्दै आठौं अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेका छन् ।

नेपालगन्ज रंगशालामा मंगलबार भएको निै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पहिलो सेमिफाइनलमा अघिल्लो संस्करणको उपविजेता समेत रहेको आर्मीले घरेलु टोली प्रदेश ५ लाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै लगातार दोस्रोपटक उपाधिनजिक पुगेको हो ।
अघिल्लो संस्करणको फाइनलमा आर्मी एपीएफसँग २–० ले पराजित हुदै उपाधि विमुख बनेको थियो ।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा पुगेपछि खेल पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा आर्मीले बाजी मार्यो । आर्मीका नवयुग श्रेष्ठ, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरे । प्रदेश ५ का कृष्ण रानाभाटले मात्रै गोल गर्न सफल भए ।
आर्मीका जितेन्द्र कार्कीको प्रहार प्रदेश ५ का गोलरक्षक प्रितम खड्काले बचाउदा दीपक गुरुङको प्रहार पोस्टम लागेर फर्कियो । प्रदेश ५ का दिपेन सिंह ठकुरीको प्रहार बारमा लगेर फर्कदा चेतन थारुको प्रहार पोस्टमा लागेर फर्कियो । विवेक पुनको प्रहार विकेश कुथुले एक खुट्टाले बचाउदै आर्मीको आशा जीवित बनाएको थियो ।
त्यसअघि आर्मीले २ गोलको अग्रता लिएरपनि दोस्रो हाफमा सम्हालिन नसक्दा निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । आर्मीले पहिलो हाफको १९औं मिनेटमा दिपेन सिंह ठकुरीको आत्मघाती गोलबाट अग्रता बनाएको थियो । त्यसपछि ३२औं मिनेटमा दिप लामाले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाएका थिए ।
निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा चार मिनेटको अन्तरमा विनोद केसीले दुई पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । ७८औं मिनेटमा विकास खवासले डि–बक्स ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा विनोदले सहजै गोल गरे । त्यसको चार मिनेटपछि नै पुनः विकास खवासले प्रदेश ५ का खेलाडीलाई फल गरेपछि प्राप्त पेनाल्टीमा विनोदले नै गोल गरेका थिए ।
खेलको अन्त्यतिर आर्मीले तीन सुन्दर गोलका मौका खेर फाल्दा निर्धारित समयको खेल बराबरीमा सकिएको थियो । प्रदेश ५ का गोलरक्षक प्रितम खड्काले उच्च प्रदर्शन गरे । आजै दोस्रो सेमिफाइनलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]