7 years ago
April 24, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तरगतको पुरुष फुटबलको स्वर्ण विभागीय क्लब त्रिभुवन आर्मी क्लबले जितेको छ ।

साविकको उपविजेता समेत रहेको आर्मीले नेपालगन्ज रंगशालामा बुधबार भएको स्वर्ण भिडन्तमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै स्वर्ण जितेको हो । दुई वर्षअघि धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको स्वर्ण भिडन्तमा आर्मी एपीएफसँग २–० ले स्तब्ध बनेको थियो ।
नेपालगन्ज रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले पहिलो हाफमो इन्ज्युरी समयमा विकास तामाङको गोलबाट अग्रता बनाएको थियो । त्यही गोल नै आर्मीको जितमा पर्याप्त बन्यो । कप्तान भरत खवासको फ्रिकिकमा विकास खवासले मिलाईदिएको हेड पासमा विकासले क्लोज रेन्जबाट हेडमार्फत नै गोल गरेका थिए ।
दोस्रो हाफमा दुवै टोलीले गालको प्रयास गरेपनि गोल गर्न असफल हुँदा आर्मी १–० ले नै विजयी हुन सफल भयो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]