एजेन्सी – पेरिस सेन्ट-जर्मेंन(पिएसजी) का प्रशिक्षक थोमस तुचेलले आफ्ना स्टार खेलाडी नेयमारको आलोचना गरेका छन्।
फ्रेन्च कप फाइनलमा समर्थकसँगको घटनामा प्रतिकृया दिँदै उनले नेयमारको आलोचना गरेका हुन्।

फेन्च कप फाइनलमा २-० को अग्रता गुमाउँदै २-२ को बराबरी पछि पिएसजी रेन्नेसविरुद्ध पेनाल्टीमा ६-५ ले पराजित भएको थियो। खेलपछि भिडियो खिच्दै गरेका एक समर्थकमाथी आक्रोशित हुँदै नेयमारले हात हालेका थिए। उक्त घटनामा बोल्दै तुचेलले नेयमारको उक्त व्यवहार अप्रत्याशित रहेको बताए।
“खेलाडीले समर्थकसँग झगडा गर्न मिल्दैन”, तुचेलले भने, “हारपछि सबैमा आक्रोश र निराशा हुन्छ तर हारलाई अंगाल्दै समर्थकलाई इज्जत गर्न जरुरी छ “, उनले थपे।
उक्त हारपछि पिएसजी लगातार ४ वर्षपछि पछि फ्रेन्च कप उपाधी जित्न बन्चित भयो।