default_image

6 years ago

May 1, 2019

पहिलो हाफमा मनाङ १-० ले पछाडि

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप अन्तर्गत समूह ‘ई’ को तेस्रो खेलअन्तर्गत अहिले सिग्नेचर मनाङ मर्स्याङदी क्लब र मिनेर्भा पन्जाब फुटबल क्लबबीच खेल जारि छ । पहिलो हाफको खेलमा मनाङ १-० ले पछाडी छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा खेलको आठौं मिनेटमा श्रेयसको गोलमा मिनेर्भाले अग्रता लिएको थियो । मनाङका डिफेन्सले पेनाल्टी क्षेत्रभित्र बललाई क्लियर गर्न खोजेको बल श्रेयसलाई लाग्दै गोलमा परिणत भएको थियो ।

खेलको ३४ औं मिनेटमा मनाङले खेल बराबरी गर्ने अवसर पनि पाएको थियो । पेनाल्टीमा मनाङका सुजल श्रेष्ठको प्रहार गोलरक्षक अर्शदिप सिंहले बचाएपछि मिनेर्भाले अग्रता जोगाएको थियो ।

प्रतियोगिताको सुरुवाती दुई खेलमा पराजित भएको मनाङले दोस्रो चरणमा पुग्ने सम्भावना जीवित राख्न यस खेलमा कम्तिमा हार टार्नुपर्ने समिकरण रहेको छ ।

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

Success

Thank you for your time.