default_image

5 years ago

May 1, 2019

गोलरक्षक कासिलासलाई ह्रदयघात

एजेन्सी – रियल म्याड्रिड तथा स्पेनिस राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान इकार कसिलासलाई बुधबार हृदयघात भएको छ । कासिलास आबद्ध पोर्चुगिज क्लब पोर्टोका अनुसार बुधबार विहान हृदयघात भएपछि उनलाई अस्पताल लागिएको हो । पोर्टोकै स्थानीय अस्पतालमा ३७ वर्षीय कासिलासको आकस्मिक सल्यक्रिया सम्पन्न भएको छ । उनले यस सिजन बाँकी रहेका खेलहरु नखेल्ने बुझिएको छ । प्रशिक्षणका […]

23 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड तथा स्पेनिस राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान इकार कसिलासलाई बुधबार हृदयघात भएको छ ।

कासिलास आबद्ध पोर्चुगिज क्लब पोर्टोका अनुसार बुधबार विहान हृदयघात भएपछि उनलाई अस्पताल लागिएको हो । पोर्टोकै स्थानीय अस्पतालमा ३७ वर्षीय कासिलासको आकस्मिक सल्यक्रिया सम्पन्न भएको छ । उनले यस सिजन बाँकी रहेका खेलहरु नखेल्ने बुझिएको छ ।

प्रशिक्षणका क्रममा छातीमा दुखाइ महसुस गरेपछि प्रशिक्षक सर्जियो कोन्चेसाओसँग उनले मैदान छाडेका थिए । उनी उपचारपछि खतराको स्थितिबाट मुक्त भएको अस्पताल स्रोतले जनाएको छ । उनले केहि साताको विश्रामपछि पूर्ण फिट हुने बुझिएको छ ।

रियल म्याड्रिड छाडेपछि पोर्टोमा आबद्ध भएका कसिलास पहिलो रोजाईमा नियमित खेल्दै आएका छन् । उनले यस साता एभ्सविरुद्ध हुने खेलका लागि तयारी गरिरहेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.