default_image

5 years ago

May 14, 2019

सिटीलाई च्याम्पियन्स लिगमा प्रतिबन्ध हुनसक्ने

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीमाथि आर्थिक नियमावलीमा अनियमितता गरेको आरोपमा अनुसन्धान गर्ने भएको छ । न्यूयोर्क टाईम्सले जारी गरेको रिपोर्टका अनुसार सिटीले अनियमितता गरेको प्रमाणित भए क्लबले एक वर्ष प्रतिबन्ध भोग्ने सम्भावना रहेको छ । यूईएफएको अनुसन्धान विभागले यसै साताको अन्त्यसम्म निर्णय सार्वजनिक गर्ने बुझिएको छ । सिटीले […]

22 views

0 Bookmark

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीमाथि आर्थिक नियमावलीमा अनियमितता गरेको आरोपमा अनुसन्धान गर्ने भएको छ ।

न्यूयोर्क टाईम्सले जारी गरेको रिपोर्टका अनुसार सिटीले अनियमितता गरेको प्रमाणित भए क्लबले एक वर्ष प्रतिबन्ध भोग्ने सम्भावना रहेको छ । यूईएफएको अनुसन्धान विभागले यसै साताको अन्त्यसम्म निर्णय सार्वजनिक गर्ने बुझिएको छ । सिटीले प्रायोजन सम्झौता गर्दा अनियमितता गरेको आरोप लाग्दै आएको थियो ।

बेल्जियमका पूर्व प्रधानमन्त्री तथा अनुशासन विभाग प्रमुख वेज लेटेर्मेले क्लबलाई कारवाही हुन सक्ने संकेत दिएका छन् । सिटीले भने आफूले कुनै अनियमितता नगरेको बताउँदै आएको छ । यूईएफएले प्रमाणित गरेको खण्डमा क्लबले एक सिजन च्याम्पियन्स लिग खेल्न पाउने छैन । यद्दपी सिटीले अर्को सिजन च्याम्पियन्स लिग खेलेर त्यसपछिको सिजनमा सहभागिता जनाउन पाउने छैन ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.