default_image

5 years ago

June 19, 2019

लज्जास्पद हारसँगै मनाङ एएफसी कपबाट बाहिरियो

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब अन्तिम खेलअघि नै एएफसी कपको समूह चरणबाट बाहिरिएको छ । बंगलादेशमा अवहानी लिमिटेड ढाकासँग आज (बुधबार) ५–० लज्जास्पद पराजय सँगै नेपालको अघिल्लो चरण पुग्ने सबै खाले सम्भावाना सकिएको हो ।

सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबका खेलाडी । फाइल तस्बिर

पहिलो हाफमा २–० ले पछि परेको मनाङले अर्को हाफमा पनि २ गोलकै सामना गरेको थियो । ५ खेल सम्म आइपुग्दा एक खेल जित्न सकेको नेपाली लिग च्याम्पियन मनाङको समूह चरणमो अहिले सम्मकै ठूलो हार हो ।

मनाङ आजको खेलमा ११ औं मिनेटमा पछाडि परको थियो । घरेलु टोलीका लागि मोहम्मद नविव निवाज जीवनले पहिलो गोल गरे । पहिलो हाफको इन्जुरीको दास्रो मिनेटमा कर्भेन्स बेलफर्टले गोल गर्दै अग्रतालाई दोब्बर पारे ।

मनाङमाथि दबाब बनाउको अवहानीका लागि ६३ औं मिनेटमा जेवेल राना र ७५ औं मिनेटमा सन्डे चिजोबा एनवाडिलोले गोल गरेका थिए । इन्जुरी समयको पाँचौं मिनेटमा मामुनल इस्लामले गोल गर्दै टोलीको गोलअन्तरलाई थप फराकिलो बनाएका थिए । ५ खेलको समाप्तीमा २ अंकका साथ मनाङ समूह चरणको पुछारमा छ । मनाङले अन्तिम खेल घरेलु मैदानमा चेन्नायीन एफसीसँग खेल्नेछ ।

आजै भएको समूहको अर्को खेलमा दुई भारतीय टोलीले १–१ को बराबरी खेलेका छन् । बुधबारको नतिजापछि अवहानी १० अंकसहित शीर्षस्थानमा उक्लको छ । चेन्नाईको ८ र मिनर्वाको ५ अंक छ । समूह ‘इ’बाट शीर्ष टोली अघिल्लो चरणमा पुग्नेछ ।

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

Success

Thank you for your time.