काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी र भारतको चेन्नईयन फुटबल क्लब भिडिरहेका छन् ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । खेलको ४१ अौं मिनेटमा चेन्नईयनका जेरी लाल्रिन्जुआलाको प्रहार गोलरक्षक विशाल श्रेष्ठले बचाउँदै खेलमा गोल हुन दिएनन् । उनले वन भर्सेस वानमा राम्रो बचाउ गरे । त्यसअघि चेन्नईयनले लगातार आक्रमण बुनेपनि पोस्टमा भने अवसर बनाउन सकेन ।
मनाङले रक्षात्मक रणनीति अपनाउँदै बल पोसेसनमा ध्यान दिएको छ । बिरलै चेन्नईयनको हाफमा बल पुगेको अवस्थामा मनाङले उल्लेख्य आक्रमण गर्न सकेको छैन ।