default_image

5 years ago

September 7, 2019

फुटबल टोली स्वदेश आइपुग्यो, फेरि आजै उड्ने

काठमाडौं (हाम्रो खेलकुद)– विश्व कप छनोटमा लज्जास्पदक सुरुवात गरेको राष्ट्रिय फुटबल टोली शनिबार (आज) बिहान स्वदेश आइपुगेको छ । टोली दोस्रो खेलका लागि आजै राती १०ः३० बजे चाइनिज ताइपे जाने बताइएको छ । यद्दपी टोली आएको वा जाने कुनै पनि जानकारी एन्फाले आधिकारिक रुपमा दिएको छैन ।   नेपाली टोली घरेलु टोली कुवेतसँग बिहीबार ७–० […]

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विश्व कप छनोटमा लज्जास्पदक सुरुवात गरेको राष्ट्रिय फुटबल टोली शनिबार (आज) बिहान स्वदेश आइपुगेको छ । टोली दोस्रो खेलका लागि आजै राती १०ः३० बजे चाइनिज ताइपे जाने बताइएको छ । यद्दपी टोली आएको वा जाने कुनै पनि जानकारी एन्फाले आधिकारिक रुपमा दिएको छैन ।

फुटबल टोली । फाइल तस्बिर

 

नेपाली टोली घरेलु टोली कुवेतसँग बिहीबार ७–० ले पराजित भएको थियो । विश्व कप छनोटमै सन् २०११ मा जोर्डनसँग ९–० ले पराजित भएको टोलीको त्यसयताको यो सबैभन्दा खराब नतिजा हो ।

विश्व कप छनोटको आफ्नो दोस्रो खेल नेपालले भदौ २४ गते चाइनिज ताइपेसँग खेल्नेछ । विश्व कप छनोटमा नेपाल, कुवेत, चाइनिज ताइपे रहेको समूहमा जोर्डन र अस्ट्रेलिया पनि छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.