default_image

5 years ago

September 22, 2019

बार्सिलोना ग्रानडासँग स्तब्ध

एजेन्सी – साविकको विजेता बार्सिलोना स्पेनिस ला लिगामा ग्रानडासँग स्तक्ध बनेको छ । बार्सिलोना घरेलु टोली ग्रानडासँग २–० ले स्तब्ध बनेको हो । बार्सिलोनालाई स्तब्ध बनाउन घरेलु टोलीका रामन अजिज र अल्भरो भाडिलोले गोल गरे । ला लिगाको नयाँ सिजनका सुरुवाती ५ खेलमा बार्सिलोनाको यो दोस्रो हार हो । यसअघि बार्सिलोना एथ्लेटिको बिल्वाओसँग १–० ले […]

36 views

0 Bookmark

एजेन्सी – साविकको विजेता बार्सिलोना स्पेनिस ला लिगामा ग्रानडासँग स्तक्ध बनेको छ । बार्सिलोना घरेलु टोली ग्रानडासँग २–० ले स्तब्ध बनेको हो ।

बार्सिलोनालाई स्तब्ध बनाउन घरेलु टोलीका रामन अजिज र अल्भरो भाडिलोले गोल गरे । ला लिगाको नयाँ सिजनका सुरुवाती ५ खेलमा बार्सिलोनाको यो दोस्रो हार हो । यसअघि बार्सिलोना एथ्लेटिको बिल्वाओसँग १–० ले पराजित भएको हो ।

सम्हालिन नपाउदै घरेलु टोली ग्रानडाले खेलको दोस्रो मिनेटमा रामन अजिजको गोलबाट खेलमा बार्सिलोनाविरुद्ध अग्रता लिएको थियो ।
शुरुमै १–० ले पछि परेको बार्सिलोनाले त्यसपछि घरेलुलाई लगातार दवाव सिर्जना गरेपनि गोल गर्न असमर्थ रह्यो । दोस्रो हाफको शुरुमा प्रशिक्षक एर्नेस्टो भालभेर्डेले स्टार खेलाडी कपन लियोनेल मेस्सी र युवा स्टार खेलाडी अन्सु फातीलाई मैदानमा प्रवेश गराएपनि हार टार्न सकेन ।
६६औं मिनेटमा ग्रानडाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पा¥यो । आर्टुरो भिडालले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि भिएआरको सहायतामा रेफ्रीले ग्रानडालाई पेनाल्टी प्रदान गरेको थियो । जसमा अल्भरो भाडिलो चुकेनन् । ७३ प्रतिशत बल पोजेसन राखेपनि बार्सिलोनाले घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा २–० ले स्तब्ध बन्न पुग्यो ।

जितसँगै ग्रानडा ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । ग्रानडाको ५ खेलबाट १० अंक रहेको छ । एक खेल कम खेलेको सेभिल्लाको १० अंक नै रहेपनि गोलअन्तरमा दोस्रो स्थानमा छ । पराजित बार्सिलोना ५ खेलबाट ७ अंक जोडेर सातौ स्थानमा छ ।

ला लिगाको अन्य खेलको नतिजा
ओसासुनाविरुद्ध रियल बेटिस (०–०)
भिल्लारियलविरुद्ध रियल भालाडोलिड (–०)
लेभान्टेविरुद्ध इवर (०–०)
एट्लेटिको म्याड्रिडविरुद्ध सेल्टा डि भिगो (०–०)

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.