default_image

5 years ago

September 22, 2019

रुस्लान थ्री स्टारको अध्यक्षमा जोशीसहित सबै निर्विरोध

75 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– घरेलु फुटबलको सफल क्लबमध्येको एक रुस्लान थ्री स्टार क्लबको अध्यक्षमा अरुणमान जोशी निर्विरोध निर्वाचित भएका छन् । यसअघि जोशी कार्यवहाक अध्यक्ष थिए ।

क्लबको आइतबार बसेको वार्षिक साधारण सभाले जोशीको अध्यक्षतामा सबै १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । तीन वर्षे कार्यकालका लागि दुई सदस्य पछि चयन गर्ने गरि पुर्ण गरिने क्लबले जनाइएको छ ।

नि–र्वतमान अध्यक्षमा ज्ञान बहादुर शाक्य छन् । उपाध्यक्षमा निर्मल रत्न शाक्य, अतिश कृष्ण श्रेष्ठ, रमेश अवाले, कृष्ण अवाले, बिरेन्द्रलाल श्रेष्ठ र जय कृष्ण श्रेष्ठ चयन भए । महासचिवमा सन्जिव शिल्पकारले निरन्तरता पाए ।

कोषाध्यक्षमा राम श्रेष्ठ ‘बोस’,सचिवमा कुल बहादुर महर्जन, निवास गोपाल वैद्य र सह–कोषाध्यक्ष देवेन्द्र लाल श्रेष्ठ चुनिए । सदस्यहरुमा राम कृष्ण चित्रकार, प्रेम बहादुर चित्रकार, हरि महर्जन, रामेश्वर अवाले, रुपेन्द्र पुरी र मुकेश नकर्मी निर्विोध निर्वाचित बने ।

ललितपुर महानगरपालिकाका मेयर चिरी बाबू महर्जनले थ्री स्टार सँगै ललितपुरका अन्य क्लबहरुलाई खेल क्षेत्रमा अग्रसर हुनका लागि नगरपालिकाले भरपुर सहयोग गर्ने र क्लबको लागि आवश्यक पुर्वाधारहरु मैदान लगायतको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले थ्री स्टारको हाल सम्मको उपलब्धिको प्रसंशा गर्दै नेपाली फुटबलको बिकासमा क्लबसँग हातेमालो गरि अगाडि बढ्ने बताए ।

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

Success

Thank you for your time.