default_image

5 years ago

September 28, 2019

मेस्सीसँगै फातीले पनि गेटाफेविरुद्ध नखेल्ने

एजेन्सी – स्पेनिस ला लिगामा निकै खराब प्रदर्शन गरिरहेको बार्सिलोनालाई फेरी अर्को चोटको समस्या परेको छ । कप्तान लिओनेल मेस्सीपछि अब युवा फरवार्ड अन्सु फाती पनि गेटाफेविरुद्ध नखेल्ने भएका छन् । बार्सिलोनाले शनिबार गेटाफेको सामना गर्दैछ । नेपाली समयअनुसार खेल रातको ७:४५ बजे सुरु हुनेछ । क्लबको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार फातीको दायाँ घुँडामा […]

25 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा निकै खराब प्रदर्शन गरिरहेको बार्सिलोनालाई फेरी अर्को चोटको समस्या परेको छ । कप्तान लिओनेल मेस्सीपछि अब युवा फरवार्ड अन्सु फाती पनि गेटाफेविरुद्ध नखेल्ने भएका छन् ।

बार्सिलोनाले शनिबार गेटाफेको सामना गर्दैछ । नेपाली समयअनुसार खेल रातको ७:४५ बजे सुरु हुनेछ । क्लबको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार फातीको दायाँ घुँडामा समस्या देखिएको छ । उनको प्याटलर टेन्डनमा दुखाइ बढेपछि उनलाई विश्राम दिइएको हो । उनले अर्को खेलमा भने सहभागी हुने बलियो सम्भावना रहेको छ ।

फातीसँगै कप्तान मेस्सीपनि गेटाफेविरुद्ध खेलमा रहने छैनन् । उनी मंगलबार भिल्लारियलविरुद्ध खेलमा चोट बोकेपछि हाफ टाइममै बाहिरिएका थिए । उनको ग्रोइनमा समस्या रहेको र कम्तिमा ३ खेल गुमाउने पक्का भएको छ । मेस्सी र फातीसँगै डिफेन्डरद्वय स्यामुएल उम्टिटी र जोर्डी अल्बा फिट छैनन् । प्रशिक्षक एर्नेस्टो भालभेर्डेले गेटाफेविरुद्ध खेलका लागि १९ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।

शत प्रतिशत फिट नहुनुका बाबजुद पनि ओस्मान डेम्बेले उक्त टोलीमा समेटिएका छन् । यसैगरी भिल्लारियलविरुद्ध खेलमा टोलीमा नरहेका मिडफिल्डर इभान राकीटिच पनि टोलीमा छन् । दुवै खेलाडीको पहिलो रोजाइमा पर्ने सम्भावना न्यून छ । आक्रमणमा लुइस सुआरेज र एन्टोइन ग्रिज्मनले खेल्नेछन् । यसै साता सम्झौता नविकरण गरेका कार्लेस पेरेजले यी दुईलाई साथ दिने सम्भावना छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.