default_image

5 years ago

October 5, 2019

सेभियाविरुद्ध मेस्सीको दबदबा

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार क्याटलान क्लब बार्सिलोनाले सेभियाको सामना गर्दैछ । नेपाली समयअनुसार खेल सोमबार मध्यरात १२:४५ बजे सुरु हुनेछ । मेस्सीले च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै चोटबाट पुनरागमन गरेको संकेत दिइसकेका छन् । यस सिजन चोटका कारण मेस्सीले अधिकांश खेल गुमाएका छन् । अर्जेन्टिनी कप्तानले जम्मा २ सय १० […]

37 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार क्याटलान क्लब बार्सिलोनाले सेभियाको सामना गर्दैछ । नेपाली समयअनुसार खेल सोमबार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

मेस्सीले च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै चोटबाट पुनरागमन गरेको संकेत दिइसकेका छन् । यस सिजन चोटका कारण मेस्सीले अधिकांश खेल गुमाएका छन् । अर्जेन्टिनी कप्तानले जम्मा २ सय १० मिनेट खेल्दै गोल पनि गर्न सकेका छैनन् । उनले पर्याप्त खेल समय नहुनुका बाबजुद कम समयमा नै खेलमा प्रभाव भने छोड्दै आएका छन् ।

सेभियाविरुद्ध मेस्सीको इतिहास निकै राम्रो रहेको छ । उनले ३७ खेल खेल्दै ३६ गोल गरेका छन् । यसक्रममा उनले प्रति गोलका लागि औसतमा ६१ मिनेट खर्चेका छन् । गत सिजन सेभियाको मैदानमा मेस्सीले ह्याट्रिक प्रहार गरेका थिए । त्यसपछि बार्सिलोनालाई युरोपेली सुपर कपको उपाधि जिताउन पनि मेस्सीले दुई गोल गरेका थिए ।

उनले सेभियाविरुद्ध गोल मात्र हैन महत्त्वपूर्ण समयमा निर्णायक असिस्ट पनि प्रदान गर्दै आएका छन् । उनले सन् २०१६ को कोपा डेल रे फाइनलमा जोर्डी अल्बा र नेयमारलाई असिस्ट दिएका थिए । मेस्सीले सन् २०१४ नोभेम्बरमा ह्याट्रिक गर्दै ला लिगाको शीर्ष गोलकर्ताको उपाधि पनि जितेका थिए ।

सेभियाका प्रशिक्षक जुलेन लोपेटेगुइको पनि बार्सिलोनाविरुद्ध राम्रो कीर्तिमान रहेको छैन । उनले क्याम्प नोउमा रियलविरुद्ध ५-१ को हार बेहोर्दै प्रशिक्षकको भूमिकाबाट बर्खास्त भएका थिए । मेस्सीलाई रोक्न सेभियाले निकै कडा मिहिनेत गर्नुपर्ने देखिन्छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.