default_image

5 years ago

October 11, 2019

नेयमार रियल जाने सक्ने मेस्सीको अनुमान !

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमारका विषयमा बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीले चासो राखेका छन् । यदि बार्सिलोनाले नेयमारलाई भित्राउन नसक्ने अवस्थामा टोलीको चिरप्रतिद्वन्द्वि रियल म्याड्रिड जान सक्ने अनुमान मेस्सीले गरेका छन् । ब्राजिलियन फरवार्ड नेयमार काटलान महारथी फर्कने सम्भावना बलियो थियो । तर, अन्तिम समयमा दुई क्लबबीच सहमति हुन सकेन । रियलले […]

36 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमारका विषयमा बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीले चासो राखेका छन् । यदि बार्सिलोनाले नेयमारलाई भित्राउन नसक्ने अवस्थामा टोलीको चिरप्रतिद्वन्द्वि रियल म्याड्रिड जान सक्ने अनुमान मेस्सीले गरेका छन् ।

ब्राजिलियन फरवार्ड नेयमार काटलान महारथी फर्कने सम्भावना बलियो थियो । तर, अन्तिम समयमा दुई क्लबबीच सहमति हुन सकेन । रियलले पनि नेयमारलाई लिन प्रयास गरेको थियो । तर, दुवैको प्रयास सफल भएन र नेयमार पिएसजीमै बसे ।

पूर्व सहकर्मी नेयमार पिएसजीमा खुसी नरहेको मेस्सीले बुझेका छन् । त्यसकारण बार्सिलोना आउन नमिलेको खण्डमा नेयमारले रियललाई विकल्पको रुपमा राख्न सक्ने अनुमान गरेका छन् ।

‘इमान्दारपूर्वक भन्दा यदि उनी यहाँ आएनन् भने रियल जाने सक्छन्,’ मेस्सीले भने, ‘उनी साच्चै पिएसजी छोड्न चाहन्छन् । मलाई लाग्छ फ्लोरेन्टिनो र रियलले उनलाई लिनका लागि हरसम्भव प्रयास गर्नेछन् ।’

अबको सरुवा बजारमा पनि नेयमारको चर्चा नहुने कुरै हुन्न । बार्सिलोना पनि नेयमारलाई पुनः क्लबमा फर्काउन चाहन्छ । तर, पिएसजीले सहजै नेयमारलाई नछाड्ने निश्चित छ । सन् २०१७ मा विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा नेयमार बार्सिलोनाबाट पिएसजी गएका थिए ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.