default_image

5 years ago

October 11, 2019

बेल्जियम युरो कपमा छनोट हुने पहिलो टोली

एजेन्सी – बेल्जियम युरो कप २०२० को लागि छनोट हुने पहिलो टोली बनेको छ । गए राति भएको खेलमा बेल्जियमले सानमारिनोलाई ९–० ले हराउँदै समूह आई मा लगातार सातौं जित निकालेको हो । २१ अंक सहित बेल्जियम समूह शीर्ष स्थानमा छ । समूहको दोस्रो स्थानमा रहेको  रुसको १८ अंक र तेस्रो स्थानको साइप्रस को १० […]

30 views

0 Bookmark

एजेन्सी – बेल्जियम युरो कप २०२० को लागि छनोट हुने पहिलो टोली बनेको छ । गए राति भएको खेलमा बेल्जियमले सानमारिनोलाई ९–० ले हराउँदै समूह आई मा लगातार सातौं जित निकालेको हो ।

२१ अंक सहित बेल्जियम समूह शीर्ष स्थानमा छ । समूहको दोस्रो स्थानमा रहेको  रुसको १८ अंक र तेस्रो स्थानको साइप्रस को १० अंक छ ।बेल्जियमको जितमा रोमेलु लुकाकुले २ गोल गरे । लुकाकुले २८ औं मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाए ।

३१औं मिनेटमा नसार चाड्लीले गोल गर्दै अग्रता दोब्बर पारे । ३५औं मिनेटमा सानमारिनोका क्रिष्टियन ब्रोलीले आत्मघाती गोल गरे ।  लुकाकुले ४१ औं मिनेटमा अर्को गोल थपे ।

इन्जुरी समयमा युरी टाइलमेनले गोल गरेपछि पहिलो हाफमा बेल्जियम ६-० ले अगाडि रह्यो ।टोलीले दोस्रो हाफमा ३ गोल थप्यो । ७९ औं मिनेटमा क्रिष्टिन बेनटेकले गोल गरे । ८४ औं मिनेटमा यारी भर्सेकेनले पेनाल्टीमा गोल गरे  । अन्तिम मिनेटमा टिमोटीले टोलीका नवौं गोल गरे ।

युरो छनोटमा बिहीबारका नतिजा

  • नेदरल्यान्ड्स ३–१ नर्दन आयरल्यान्ड
  •  क्रोएसिया ३–० हंगेरी
  • स्लोभाकिया १ –१ वेल्स
  • लात्भिया ० – ३ पोल्यान्ड
  • बेल्जियम ९– ० सान मारिनो
  • रसिया ४ – ० स्कटल्यान्ड
  • काजास्तान १ –२ साइप्रस
  • बेलारुस ० – ० इस्टोनिया
  • अष्ट्रिया ३– १ इजराइल
  • नर्थ मासेडोनिया २ – १ स्लोभानिया

 

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.