default_image

5 years ago

October 11, 2019

नेपाल बंगलादेशसँग पराजित

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोली भुटानमा जारी महिला साफ यू १५ च्याम्पियनसिपबाट लगभग बाहिरिएको छ । थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा नेपाली टोली बंगलादेशसँग २–१ ले पराजित भएको छ । च्याम्पियनसिपमा नेपालको यो लगातार दोस्रो हार हो । भारत र भुटानको खेलको नतिजा नेपालले अघिल्लो चरणको यात्राको निर्भर रहन्छ ।

त्यो खेलमा भुटान पराजित भए वा बराबरीमा रोकिए नेपाल बाहिरिनेछ । भुटान जितेको खण्डमा भने नेपालको पनि अघिल्लो चरण जाने गणितिय सम्भावना बाँकी रहन्छ । सो खेलमा भुटान पराजित भए वा बराबरीमा खेल टुंगिए अन्तिम दुई खेलअघि नै भारत र बंगलादेश फाइनल पुग्नेछन् ।

यू १५ महिला च्याम्पियनसिपमा नेपालले अहिले सम्म बंगलादेशलाई हराउन सकेको छैन । पूर्व विजेता बंगलादेशका लागि ११ औं मिनेटमा साहेदा अख्तरले गोल गर्दै अग्रता दिलाएकी थिइन् । समसुन्नहार ले पनोल्टीमा गोल गरिन् । ६४ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपालका लागि अन्तर घटाइन् । तर त्यसपछि गोल हुन सकेन ।

राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले आइतबार भुटानको सामना गर्नेछ । नेपाली टोली पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भएको थियो । अघिल्ला दुवै संस्करणमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । दुई वर्षअघि भएको पहिलो संस्करणको विजेता बंगलादेश गत वर्ष उपविजेता बनेको थियो ।

नेपाली टोलीका प्रशिक्षक राकेश श्रेष्ठले अवसर सदुपयोग गर्न नसक्नुनै हारको कारण रहेको बताए । खेलाडीले शतप्रतिशत दिएर खेले । पहिलो हाफ सोचे जस्तो भएन , राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान श्रेष्ठले भने, दोस्रो हाफमा खेला फर्कियौं । एक गोल भयो पनि अर्को गोल गर्न सकेनौं । पहिलो खेलपछि हामी अलि आत्तिए जस्तो भयौं । अब अन्तिम खेलमा राम्रो खेल्ने प्रयास गर्नेछौं ।

 

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.