default_image

5 years ago

October 12, 2019

चेकसँग इंग्ल्यान्ड स्तब्ध

एजेन्सी – युरो छनोट २०२० को छनोटमा इंग्ल्यान्डले पहिलो हार बेहोरेको छ । इंग्ल्यान्ड घरेलु टोली चेक रिपब्लिकसँग २–१ ले स्तब्ध हुदै युरो छनोटमा १० वर्षपछि पहिलो हार भोगेको हो । इंग्ल्यान्ड १० वर्षपछि युरो छनोटमा पराजित हुन पुगेको हो । यससँगै इंग्ल्यान्डको छनोटमा ४३ खेलसम्मको अपराजित यात्रामा पुर्णविराम लागेको छ । इडेन एरिना प्राहामा […]

36 views

0 Bookmark

एजेन्सी – युरो छनोट २०२० को छनोटमा इंग्ल्यान्डले पहिलो हार बेहोरेको छ । इंग्ल्यान्ड घरेलु टोली चेक रिपब्लिकसँग २–१ ले स्तब्ध हुदै युरो छनोटमा १० वर्षपछि पहिलो हार भोगेको हो ।

इंग्ल्यान्ड १० वर्षपछि युरो छनोटमा पराजित हुन पुगेको हो । यससँगै इंग्ल्यान्डको छनोटमा ४३ खेलसम्मको अपराजित यात्रामा पुर्णविराम लागेको छ ।

इडेन एरिना प्राहामा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले सुरुवाती अग्रता लिएर पनि स्तब्ध बन्न पुगेको हो । खेलको पाँचौ मिनेटमा कप्तान ह्यारी केनको पेनाल्टीबाट पाहुना टोली इंग्ल्यान्ड खेलमा अघि बढेको थियो । रहिम स्ट्रलिङलाई एलेक्स केरललाई बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा केनले गोल गरेका थिए । तर, इंग्ल्यान्डको त्यो अग्रता लामो समय टिकेन । नवौं मिनेटमा ज्याकुव ब्रावेकले बराबरी गोल फर्काए । उनले अन्डरेज सेलस्टकाको कर्नरमा प्राप्त बललाई गोलमा परिणत गरेका थिए ।

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दुवै टोलीले गोलका केही मौकाहरु खेर फालेको थियो । ८५औं मिनेटमा वैकल्पिक खेलाडी जेडेनेक ओन्ड्रासेकले गोल गर्दै घरेलु टोलीलाई २–१ ले अघि बढाए । उनले लुकास मासोपस्टको पासमा गोल गरेका थिए ।

६५औं मिनेटमा प्याट्रिकको स्थानमा मैदान छिरेका चेकका लागि उनको यो डेब्यु गोल रहेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा इंग्ल्यान्ड २–१ ले स्तब्ध बन्न पुग्यो । यही समूहको अर्काे खेलमाा मोन्टेनेग्रो र बुल्गेरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

हारपछि पनि इंग्ल्यान्ड ५ खेलबाट १२ अंक जोडेर समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ । चेक ६ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । कोसोभो ८ अंकसहित तेस्रो, ३ अंक जोडेको मोन्टेनेग्रो चौथो तथा बुल्गेरिया ३ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.