5 years ago
October 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विना जित नेपाली टोली भुटानमा जारी साफ यू १५ महिला साफ च्याम्पियनसिपको यात्रा अन्त्य गरेको छ । सुरुवाती दुई खेल गुमाउँदै च्याम्पियनसिपबाट बाहिरिएको नेपालले राउन्ड रोविनको अन्तिम खेलमा आयोजक भुटानको सामना गरेको थियो ।
आइतबार भएको अन्तिम खेलमा अग्रता जोगाउन नसक्दा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो । गोलरहित बराबरीमा पहिलो हाफ टुंगिएको थियो । दोस्रो हाफको पाँचौं मिनेटमा नेपालले निकिता थोकरको गोलबाट अग्रता लिएको थियो ।
तर, त्यो अग्रता लामो समय टिकेन । भुटानका लागि ६७ औं मिनेटमा कप्तान डेकी इहाजोमले बराबरी गोल फर्काइन् । समान १ अंक जोडेका नेपाल तेस्रो र भुटान चौथो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरे ।
च्याम्पियनसिपको पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भएको नेपालले बंगलादेशलाई २–१ ले नतिजा सुम्पेको थियो । अन्तिम खेल अघि भारत र बंगलादेश सेमिफाइनल पुगिसकेका थिए भने नेपाल र भुटान च्याम्पियनसिपबाट बाहिरिएका थिए । आजै भएको पहिलो खेलमा भारत र बंगलादेशले १–१ को बराबरी खेलेका थिए । अब यी दुई टोलीबीच मंगलबार फाइनल हुनेछ ।
महिला यू १५ साफ च्याम्पियनसिपमा लगातार तेस्रो संस्करणमा नेपाल कमजोर प्रदर्शन गर्दै फर्कने भएको छ । बंगलादेशमा दुई वर्षअघि ४ देशको सहभागितामा पुछारमा रहेको थियो । त्यस्त गत वर्ष ४ देशको सहभागितामा भएको च्याम्पिनसिपमा पनि नेपाल चौथो भएको थियो ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]