default_image

5 years ago

October 15, 2019

टुबोर्ग जेसीज विकास रनिङ शिल्डको तयारी पूरा

56 views

0 Bookmark

विनोदबाबु रिजाल, भरतपुर
चितवनमा सबैभन्दा धेरै पुरस्कार राशीको राष्ट्रिय नकआउट फूटबल प्रतियोगिता टुबोर्ग जेसीज विकास रनिङ शिल्डको सबै तयारी सकिएको छ ।


आयोजक नारायणगढ जेसीजले खेल मैदानमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मैदान, प्याराफिटलगायत सबै काम सम्पन्न भएको छ । नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठले निकै नै मेहनत गरेर मैदान सम्याइएको जानकारी दिए ।

नारायणगढको क्याम्पाचौरमा असोज ३० गतेदेखि हुने प्रतियोगितामा सहभागी हुने टिमलाई दुई समूहमा विभाजन गरिएका छन् ।जेसीज विकास रनिङ शिल्ड फुटबल प्रतियोगिता हुदैछ । आयोजक नारायणगढ जेसीजले आज पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लब, चितवन ११, मकवानपुर ११, झापा ११ र नेपाल आर्मी क्लब समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, सरस्वती युवा क्लब, युनाइटेड दार्जिलिङ, जावलाखेल युथ क्लब र संकटा क्लब रहेको प्रतियोगिता संयोजक कपिल श्रेष्ठले जानकारी दिए ।

मैदानको पश्चिमतर्फ बनाइएको अस्थायी प्याराफिटमा करिब एक हजार आठ सय दर्शक अटाउने दावी आयोजकको छ । कात्तिक ९ गतेसम्म हुने प्रतियोगितामा विजयी हुनेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।

प्रतियोगिताको क्वाटरफाइनलसम्म अवलोकनका लागि एक सय र दुई सय रुपैयाँको टिकट तथा सेमीफाइनल र फाइनल अवलोकनका लागि दुई सय र तीन सय रुपैयाँको टिकटको व्यवस्था गरिएको प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.