default_image

5 years ago

October 17, 2019

पोग्वा र गेयाले लिभरपुलविरुद्धको खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका दुई भरपर्दा खेलाडी मिडफिल्डर पल पोग्वा र गोलरक्षक डेभिड डि गेयाले लिभरपुलविरुद्धको महत्वपुर्ण खेल गुमाउने भएका छन् । युनाइटेडले आइतबार राति घरेलु मैदानमा प्रिमियर लिगमा शीर्षस्थानमा रहेको लिभरपुलको आतिथ्यता गर्दैछ । पोग्वा एंकल इन्ज्युरीका कारण तथा गेयाले युरोकप छनोट अन्तरगत स्वीडेनविरुद्धको खेलमा मसल्समा चोट बोकेका थिए । दुवै खेलाडी […]

58 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका दुई भरपर्दा खेलाडी मिडफिल्डर पल पोग्वा र गोलरक्षक डेभिड डि गेयाले लिभरपुलविरुद्धको महत्वपुर्ण खेल गुमाउने भएका छन् ।

युनाइटेडले आइतबार राति घरेलु मैदानमा प्रिमियर लिगमा शीर्षस्थानमा रहेको लिभरपुलको आतिथ्यता गर्दैछ । पोग्वा एंकल इन्ज्युरीका कारण तथा गेयाले युरोकप छनोट अन्तरगत स्वीडेनविरुद्धको खेलमा मसल्समा चोट बोकेका थिए । दुवै खेलाडी टोलीमा नरहने पक्का भएसँगै म्यानचेस्टर युनाइटेडलाई समस्या हुन सक्नेछ ।

युनाइटेडका मेडिकल स्टाफहरुले गेयाको सिटी स्क्यानपछि खेल्न नसक्ने पुष्टि गरेको हो । पोग्वाले चोटकै कारण गत अगस्टदेखि मात्रै दुई खेलमा मौका पाएका छन् । गेयाको स्थानमा अब दोस्रो रोजाईका सर्जियो रोमेरोले युनाइटेडको पोस्ट सम्हान्लेछन् ।  युनाइटेडमा आरोन वान विशाखा, एन्थोनी मार्सियल, डिएगो डालोट, जेसे लिङ्गार्ड, लुका सा र मासन ग्रीनवुडलगायतका खेलाडी चोटसँग जुधिरहेको छ ।

लिभरपुलमा पनि पहिलो रोजाईका गोलरक्षक एलिसन बेकर, फरवार्ड मोहम्मद सलाह र जदरान साकिरीलगायतका खेलाडी चोटसँग जुधिरहेका छन् । लिभरपुल युनाइटेडलाई पराजित गर्दै म्यानचेस्टर सिटीको १८ जितको कीर्तिमानलाई बराबरी गर्ने लक्ष्यमा हुनेछ ।

अपराजित रहेको लिभरपुल ८ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । युनाइटेड ८ खेलबाट ९ अंक जोडेर १२औं स्थनमा छ । सिटीले १६ अंक जोडेर लिभरपुललाई पछ्याइरहेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.