default_image

5 years ago

October 29, 2019

चर्को मुल्यका कारण रियलले नेयमार किनेन !

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार नेयमार समर ट्रान्सफर विन्डोको समयमा रियल म्याड्रिडमा जान तयार रहेको खुलेको छ । तर, उनका लागि चर्को मुल्य तिर्नुपर्ने भएपछि रियलले नेयमार लिन नचाहेको बताइएको छ । ब्राजिलियन नेयमार पुनः बार्सिलोना फर्कने चर्चाका बीच रियलले पनि आफ्नो प्रस्ताव अघि सारिरहेको थियो । तर, दुवै प्रस्ताव सफल हुन […]

37 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार नेयमार समर ट्रान्सफर विन्डोको समयमा रियल म्याड्रिडमा जान तयार रहेको खुलेको छ । तर, उनका लागि चर्को मुल्य तिर्नुपर्ने भएपछि रियलले नेयमार लिन नचाहेको बताइएको छ ।

ब्राजिलियन नेयमार पुनः बार्सिलोना फर्कने चर्चाका बीच रियलले पनि आफ्नो प्रस्ताव अघि सारिरहेको थियो । तर, दुवै प्रस्ताव सफल हुन सकेनन् । नेयमार आफै भने पुरानै क्लबमा फर्कन इच्छुक रहेको सञ्चारमाध्यमले पटक पटक उल्लेख गरेका थिए । त्यसकै बीचमा रियलले पनि उनका विषयमा बुझ्ने कोशिस गरेको थियो । चर्को मुल्यका कारण रियल पछि हटेको बताइन्छ ।

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज नेयमारका प्रशंसक मध्येका एक हुन् । उनले विगतमा पनि नेयमारलाई रियलमा भित्राउन कोशिस गरेका थिए । यसपटक पनि उनी नेयमारलाई लिन चाहन्थे । त्यसका लागि रियलले नगद तथा ग्यारेथ बेल र हामेस रोड्रिग्वेजमध्ये एकलाई पिएसजी पठाउन चाहेको थियो ।

तर, त्यस्तो कुनै सम्झौता हुन सकेन । सबै सम्भावनालाई चिर्दै नेयमार अन्ततः पिएसजीमै बसे । फेरि सुरुवा बजार खुल्दा नेयमारको सरुवाको चर्चा भने हुने सम्भावना उत्तिकै छ ।

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

Success

Thank you for your time.