default_image

5 years ago

October 18, 2019

प्रशिक्षक शाक्य एनआरटी फर्किए

64 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राजुकाजी शाक्य नेपाली फुटबलमा लामो इतिहास बोकेको क्लबमध्येको एक क्लब न्यूरोड टिम (एनआरटी) को प्रशिक्षकमा आधिकारिक रुपमा नियुक्त भएको छ ।

क्लबले शुक्रबार शाक्यलाई १ वर्षको लागि मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । उनी आफ्नै पुर्व क्लबमा प्रशिक्षकका रुपमा फर्किएका हुन् । शाक्यले एनआरटीबाट खेल्नुका साथै प्रशिक्षण पनि सम्हालेका छन् ।

‘एनआरटी मेरो परिवार हो । १० वर्षभन्दा लामो समय एनआरटीलाई प्रशिक्षण दिइसकेको छु,’ प्रशिक्षक शाक्यले भने, ‘बीचमा केहि समय अन्य क्लबमा गए । अब फेरि एनआरटी फर्किएको छु । खुसी लागेको छ ।’ शाक्यले अघिल्लो सिजन ‘ए’ डिभिजनमा नवप्रवेशी भ्याली च्यासल युथ क्लबलाई प्रशिक्षक दिएका थिए ।

जुनियर युवा खेलाडीको बाहुल्यता रहेको एनआरटीलाई लिगमा राम्रो नतिजा दिने प्रयास गरिने प्रशिक्षक शाक्यले बताए । ‘म क्लबमा आधिकारिक रुपमा आजबाट नियुक्त भएको छु । क्लबले यसअघि पनि राम्रा खेलाडीहरु अनुबन्ध गरिसकेको छ ।’ प्रशिक्षक शाक्यले भने, ‘केही नयाँ खेलाडी पक्कै थपिनेछ । मुख्य गरी लिगमा राम्रो नतिजा दिने हाम्रो प्रयास हुनेछ ।’ क्लबले यसअघि लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबका प्रकाश बुढाथोकीलाई अनुबन्ध गरेको थियो ।

च्यासलका व्यवस्थापक शंकर व्यन्जनकार र प्रशिक्षक राजुकाजी शाक्य

प्रशिक्षणका हिसाबले शाक्य नेपाली प्रशिक्षकमा उत्कृष्ट मध्येका मानिन्छन् । यद्दपी उनले कुनै क्लबलाई लिग जिताउन सकेका छैनन् । खेल जीवनमा देशका लागि स्वर्ण पदक दिलाउन नेपाली टोलीको कप्तानी गरेको शाक्यले नेपाललाई अर्को स्वर्ण पदक दिलाउने समयमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

सन् १९९३ मा नेपालले तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा शाक्य टोलीको कप्तान थिए । त्यहि सागको १२ औं संस्करणमा नेपालले स्वर्ण पदक जित्न शाक्य प्रशिक्षक थिए । यद्दपी, उनी कप्तान हुँदा नेपालको सिनियर टोलीले खेल्थ्यो भने सागको नवौं संस्करणपछि यू २३ टोलीबीच प्रतिस्पर्धा भएको थियो । देशका लागि सफलता दिलाइसकेका शाक्यले क्लबलाई भने सोचे अनुरुपको सफलता दिलाउन सकेका छैनन् ।

शाक्यले एनआरटीपछि विभागीय त्रिभुवन आर्मी क्लबसँगै मच्छिन्द्र क्लब, सिएमजी क्लब संकटा, सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब र भ्याली च्यासल युथ क्लबलाई प्रशिक्षण दिइसकेका छन् ।

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

Success

Thank you for your time.