default_image

5 years ago

October 19, 2019

यु–१९ को दोस्रो चरणमा ३१ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–१९ टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले प्रारम्भिक चरणबाट खेलाडी कटौती गरेका छन् । मुख्य प्रशिक्षक केसीले दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेको हो । केही दिनमा अन्तिम टोलीको टुंगो लाग्नेछ । प्रशिक्षक केसीले प्रारम्भिक चरणमा ४८ खेलाडीलाई बोलाएको थियो । प्रारम्भिक चरणमा रहेका सच्चु गुरुङ, कैलाश लामिछाने, दिपेश गुरुङ, रेजिन […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–१९ टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले प्रारम्भिक चरणबाट खेलाडी कटौती गरेका छन् ।

मुख्य प्रशिक्षक केसीले दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेको हो । केही दिनमा अन्तिम टोलीको टुंगो लाग्नेछ । प्रशिक्षक केसीले प्रारम्भिक चरणमा ४८ खेलाडीलाई बोलाएको थियो ।

प्रारम्भिक चरणमा रहेका सच्चु गुरुङ, कैलाश लामिछाने, दिपेश गुरुङ, रेजिन माझी, कुशल फुयाल, सुजन शर्मा, एलिक रुम्वा, अशिम भुषाल, कर्मा शेर्पा, बिशाल शाही, बिजय श्रेष्ठ, , राम गुरुङ, युवेश थापामगर, महेश साह, र मौसम कार्की, मौसम सुब्बा र निसेन सुब्बाले दोस्रो चरणमा स्थान बनाउन सकेनन् ।

नेपाली टोली नोभेम्वर ६ देखि इरानमा आयोजना हुन लागेको एएफसी यु–१९ च्याम्पियनसिप छनोटको तयारीमा छ । छनोटमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपाल रहेको समूहमा आयोजक इरानसँगै युएईं र किर्गिस्तान रहेका छन् ।

दोस्रो चरणमा छानिएका टोली
गोलरक्षक – विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी र पुजन होना
डिफेन्डर – बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, असिम गुरुङ, एन्जल महर्जन, नवीन गुरुङ, रोशन दोङ, बिकास खवास, योगेश गुरुङ, विजय श्रेष्ठ र निराजन महर्जन
मिडफिल्डर– दर्शन गुरुङ, शिशिर लेखी, रोशन रानामगर, रन्जन पुन, आकाश बुढाममगर, जया गुरुङ, मनिष थापा, नितिन थापा, अनिल महर्जन र दिनेश हेन्जन
फरवार्ड – ब्रिजेश चौधरी, निरज चौधरी, मनिष डाँगी, राजीव लोप्चन, रेजिन सुब्बा र दिपेश आलेमगर

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.