default_image

5 years ago

October 21, 2019

‘क्लबकै पदाधिकारीका कारण नेयमार फर्काउन असम्भव’ – मेस्सी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सीले पुर्व सहयात्री ब्राजिल तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारलाई क्लबमा फर्काउन असम्म्भ रहेको बताएका छन् । नेयमारका लागि गत समरमा बार्सिलोनाले अनुबन्धको प्रयास गरेपनि अन्तिमा समयमा सफल हुन सकेको थिएन । सम्भवतः बार्सिलोनाले विन्टर सिजनमा पनि नेयमार अनुबन्धको […]

36 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सीले पुर्व सहयात्री ब्राजिल तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारलाई क्लबमा फर्काउन असम्म्भ रहेको बताएका छन् ।

नेयमारका लागि गत समरमा बार्सिलोनाले अनुबन्धको प्रयास गरेपनि अन्तिमा समयमा सफल हुन सकेको थिएन । सम्भवतः बार्सिलोनाले विन्टर सिजनमा पनि नेयमार अनुबन्धको प्रयास गर्नेछ । तर, कप्तान मेस्सीले क्लबकै केही पदाधिकारीका विरोधका कारण नेयमारलाई क्लबमा फर्काउन नसकिएको बताउछन् । मेट्रो ९५.१ सँगको अन्तरवार्तामा मेस्सीले यस्तो कुरा बाहिर ल्याएका हुन् ।

‘अब नेयमारलाई फर्काउन गाह्रै छ । क्लब र केही पदाधिकारीले पनि नेयमारलाई अनुबन्ध गर्न चाहेका छैनन् । यदि यो खेलकुदको लागि हो भने सम्भव छ । किनभने नेयमार विश्वकै राम्रो खेलाडी हो । तर, मैले यसको कारक बुझेको छु ।’ मेस्सीले अन्तरवार्तामा भने ।

‘अब बार्सिलोनाले नेयमारको विषयमा हात झिके सान्तोषका पुर्व फरवार्ड उनलाई रियाल म्याड्रिडमा जानेमा म विस्वस्त छु । किनकी नेयमार फ्रान्स छाड्ने मनासयमा नै छ । यसका लागि रियाल म्याड्रिड र क्लबका अध्यक्ष फियोरेन्टिना पेरेजले केही पक्कै गर्नेछ ।’

नेयमार२०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन मा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । यसै सिजन क्लब छाड्ने बताइरहँदा पार्क डि प्रिन्सेसमा समर्थकहरुले नेयमार आउट भन्ने ब्यानर नै प्रदर्शन गरे । २७ वर्षीय नेयमारले पीएसजीका लागि ५८ खेलमा ५१ गोल गरिसकेका छन् । नेयमार ह्यामस्ट्रिङ चोटका कारण अहिले विश्राममा छन् ।

नाइजेरियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल दौरान नेयमारले खलेको १२औं मिनेटमा चोट बोकेका थिए । उनी नोभेम्वर दोस्रो सातादेखि खेलमा फर्कने विश्वास गरिएको छ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.