default_image

5 years ago

October 20, 2019

डर्टमन्ड विजयी, बायर्न रोकियो

एजेन्सी – जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले संघर्षपुर्ण जित निकाल्दा बायर्न म्युनिख बराबरीमा रोकिएको छ । डर्टमन्डले शीर्षस्थानमा रहेको बोरुसिया मोन्चेग्लावाचलाई १–० ले पराजित गरेको हो । डर्टमन्डका जितमा कप्तान मार्काे रिउसले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । सिग्नल इडुना पार्कमा प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसरहरु खेर फालेको थियो । […]

33 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले संघर्षपुर्ण जित निकाल्दा बायर्न म्युनिख बराबरीमा रोकिएको छ । डर्टमन्डले शीर्षस्थानमा रहेको बोरुसिया मोन्चेग्लावाचलाई १–० ले पराजित गरेको हो ।

डर्टमन्डका जितमा कप्तान मार्काे रिउसले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । सिग्नल इडुना पार्कमा प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसरहरु खेर फालेको थियो ।

३३औं मिनेटमा थोर्गान हजार्डल गोल गरेपछि भिएआरको सहायताले गोलको मान्यता पाएन । तर, ५८औं मिनेटमा थोर्गान हजार्डकै पासमा कप्तान रिउसले गोल गर्दै डर्टमन्डलाई अग्रत दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमन्ड १–० ले विजयी हुन सफल भयो ।
जितसँगै डर्टमन्ड ८ खेलबाट १५ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित मोन्चेग्लावाच समान खेलबाटै १६ अंक जोडेर शीर्षस्थानमा छ ।

अर्काे खेलमा जित नजिक पुगेर पनि बायर्न म्युनिख अग्ववर्गसँग २–२ गोलको बराबरीमा रोकिएको छ । खेलको पहिलो मिनेटमै मार्काे रिचटरको गोलबाट बायर्न पछि परेको थियो । १४औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काए ।

४९औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई खेलमा २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा अल्फ्रेड फिनवोगासनले गोल गरेपछि बायर्न जितबाट वञ्चित बन्यो । बराबरीपछि बायर्न १५ अंकसहित तेस्रो स्थानमा छ । अग्सवर्ग ६ अंक जोडेर १५औं स्थानमा छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.